अब एमालेको विजययात्रालाई कसैले छेक्न सक्दैन : खनाल

 मङ्लबार, साउन २४, २०७४ | onlinenews

२४ साउन २०७४ झापा

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले एमालेको विजययात्रालाई अब कसैले पनि छेक्न नसक्ने दाबी गरेका छन् ।

उनले स्थानीय तहको पहिलो र दोस्रो चरणमा एमाले पहिलो पार्टी भएको र अब तेस्रो चरणको निर्वाचनमा पनि पहिलो पार्टी नै हुने दाबी गरेका छन् ।

बिर्तामोडमा सोमबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै खनालले यस्तो दाबी गरेका हुन् । उनले दुई नम्बर प्रदेशमा तेस्रो चरणमा हुने निर्वाचनमा पनि एमालेको पक्षमा जनलहर बढ्दै गएको बताए ।

प्रतिकृया

Add