खिम्तीका बाढिपीडितमाथि राजनीति भएको आरोपप्रत्यारोप कस्ले ग¥यो बाढिपीडितमाथि राजनीतिक !

 शुक्रबार, साउन २७, २०७४ | onlinenews

विपद परेको बेला राजनीति गर्नु मुर्खता होः सांसद श्रेष्ठ

२७ साउन २०७४ रामेछाप


रामेछाप क्षेत्र नम्बर २ का सांसद श्यामकुमार श्रेष्ठले खिम्तीको बाढिपहिरो पीडितलाई राहत वितरण गर्ने क्रममा राजनीतिक करण भएको भन्ने पीडितबाट गुनासो आएको भन्दै राहातमा राजनीतिक करण नगर्न आग्रह गरेका छन् ।
राहातमा राजनीतिक करण भएको भन्ने ब्यापक गुनासो आएको भन्दै विपद्मा परेको जनतामाथि राजनीतिक गर्नु भनेको जनप्रतिनिधिले आफ्नो भूमिका पूरा गर्न नसकेको ठहर हुने सांसद श्रेष्ठले बताए । विपदमा परेको पीडित जनतामाथि राजनीतिक गर्नु मुर्खता भएको पनि उनले बताए ।
जिल्ला दैवि प्रकोप उद्दार समिति, स्थानीय बाढिपीडित र नेकपा माओवादी लिखु गाउँपालिकाले पेश गरेको छुट्टाछुट्टै माग पत्र तथा ज्ञापन–पत्रले पनि राहातमा राजनीतिक करण भएको कुरालाई पुष्ट्याएको भन्दै जनप्रतिनिधिले भोटको गणना गरेर भन्दा पनि आम जनताको हितलाई ध्यानमा राखेर काम गर्नुपर्ने सांसद श्रेष्ठको भनाई छ ।
गत शनिरबार खिम्ती बाढिपहिरोको निरीक्षण अवलोकनको लागि गृहमन्त्री खिम्ती आएका बेला बाढिपीडितलाई सांसद श्रेष्ठले यस्तो बताएका थिए ।

गृहमन्त्रीले बाँडेको राहात गाउँपालिको निर्णयः खड्का

गृहमन्त्री जनार्दन शर्माले खिम्तीका बाढिपीडितलाई वितरण गरेको रकम लिखु गाउँपालिकाले निर्णय गरेको राहत भएको लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द खड्काले बताए ।
गृहमन्त्री आएर राहात वितरण गरेकोमा असन्तुष्टि ब्यक्त गर्दै खड्काले गाउँपालिकाले निर्णय गरेको राहात वितरण गरेर गृहमन्त्री फर्किएको पत्रकारलाई प्रतिक्रिया दिए ।
खड्काले भने–हामीले गृहमन्त्री आएपछि ठूलै राहात लिएर आएको होला भन्ने ठानेका थियौं, तर, हामीले निर्णय गराएको राहात पो वितरण गर्न आउनु भएको रहेछ । गृहमन्त्रीले राहात वितरण गरेर एउटा पार्टीले वितरण गरेको जस्तो पारेको र राहातलाई राजनीतिक करण गरेको पनि खड्काले आरोप लगाए ।
गृहमन्त्री शर्माले वितरण गरेको राहात रकम केन्द्रीय विपद् ब्यवस्थापन समितिमा निर्णय गराएर लिएर आएको गृहमन्त्री शर्माले बताए थिए । केन्द्रीय विपद् ब्यवस्थापन समितिमा नरपालिका र गाउँपालिकाको कुनै पनि पदिय सहभागिता हुँदैन ।
आफ्नो प्रतिनिधित्व नै नभएको समितिले गरेको निर्णय आपूmले गरेको भन्नुले पनि लिखु गाउँपालिका जनताप्रति कति उत्तरदायि र निष्पक्ष छ भन्ने कुरा सहज रुपमा बुझ्न सकिन्छ ।
गाउँपालिकाले यसअघि पीडितलाई प्रदान गरेको राहातमा  बाढिमा परेर ज्यान गुमाउनेका दुई परिवारलाई प्रतिपरिवार २५ हजार, घर क्षति भएका २६ परिवार मध्ये  ११ परिवारलाई प्रतिपरिवार लत्ता कपडा र भाँडाकुडा सहित ६५ हजार र बस्ती जोखिम भएर सार्नुपर्ने ८ घर परिवारलाई ५० हजारका दरले राहात स्वरुप नगद प्रदान गरेको थियो ।
बस्ती सार्नुपर्ने कति परिवार भन्ने अझै एकिन भइनसकेको गृहमन्त्री शर्मालाई जिल्ला दैवि प्रकोप उद्दार समितिले जानकारी गराएको थियो । घर सार्नुपर्ने एकिनै नभई राहात दिनु र २६ परिवार घर क्षति पुगेका मध्ये ११ परिवारलाई मात्र राहात प्रदान गर्नुले गाउँपालिकाले राहतमा पक्षपात गरेको प्रष्टै छ ।
त्यतिमात्र हैन बाढिपहिरो गएको एक महिना वित्न लागिसक्दा पनि जोखिममा परि सार्नुपर्ने बस्ती र घर एकिन गर्न नसक्नुले पनि गाउँपालिको क्रियाशीलतामा समेत प्रश्न चिन्ह उठाएको छ । केउरेनी र गैरीमा बाढि पहिरोले पु¥याएको क्षतिको बारेमा गाउँपालिकाले जानकारी नै लिन नचाहेको समेत स्थानीयको गुनासो छ ।

दिएको राहात फिर्ता

खिम्तीका एक बाढिपीडितलाई गाउँपालिकाले दिएको राहात फिर्ता गरेको पीडितले गुनासो गरेका छन् । बाढिपहिरोबाट घरजग्गा सबै गुमाएका शम्भु विकको परिवारलाई राहातको रुपमा दिएको सहयोग फिर्ता लिएको पीडित शम्भु विकले गुनासो गरे ।
गत असार ३१ गते आएको बाढिपहिरोले घरबार विहीन भएका विकलाई संस्थाको तर्फबाट राहात भनेर दिएको खाद्यन्न, लत्ताकपडा र थालभाँडाको पैसा गाउँपालिकाले लिएको पीडितको गुनासो छ ।
घरमा क्षतिपुगेकाहरुलाई लिखु गाउँपालिकाले प्रतिपरिवार ६५ हजार रुपैयाँ दिएको थियो । तर, शम्भु विकलाई भने गाउँपालिकाले पहिले दिएको सामानको ७ हजार दुई सय रुपैयाँ कटाएर दिएको पीडित विकले बताए ।
उनले भने–पहिला संस्थाको तर्फबाट राहात भनेर दिएको थियो, पछि गाउँपालिकाले दिएको ६५ हजार रुपैयाँमा ७ हजार २ सय रुपैयाँ कटाएर दियो तर भरपाई भने ६५ हजारमै गराएको छ ।
पहिला गाउँपालिकाले राहात दिएको भनेर फोटो समेत खिचेर सामाजिक सञ्जालमार्फत प्रचार गरियो तर पछि त्यही राहात फिर्ता लिएर गाउँपालिकाले गलत काम गरेको छ स्थानीय पदम माझीले भने । राहात वितरणमा गाउँपालिकाले पक्षपात गरेको पनि उनले बताए । गाउँपालिकाले फिर्ता लिएको राहात पुनः पीडितलाई दिनुपर्ने पनि माझीको भनाई छ ।
गाउँपालिकाले भने घरबार विहीन भएको विकलाई बाढिपहिरो गए लगत्तै गाउँपालिकाकै तर्फबाट सामाग्री उपलब्ध गराएको र पछि गाउँपालिकाले ६५ हजार रुपैयाँ दिने निर्णय गरेपछि पहिला दिएको सामाग्रिको मूल्य कटाएर बाँकी रकम दिएको बताएको छ ।
लिखु गाउँपालिकाकी उपप्रमुख दिपशिखा दाहालले भनिन्– पीडितलाई के दिने भनेर गाउँपालिकाले निर्णय गरिसकेको अवस्था थिएन । शम्भुको घर र घरभित्र रहेका खाद्यन्न र लत्ताकपडा समेत सबै बगाएकाले तत्कालको लागि आवश्यक सामाग्री किनेर दिएका थियौँ ।
पछि गाउँपालिकाले पैसा दिने निर्णय गरेपछि विकलाई पहिला किनेर दिएको सामानको ७ हजार २ सय रुपैयाँ कटाएर बाँकी पैसा दिएको उपप्रमुख दाहालले बताइन ।
तर पीडित परिवारले भने राहात भनेर सामाग्रि दिएको र दिएको सामाग्रीको पैसा तिर्नुपर्छ भनेर आपूmहरुलाई नभनेको दावि गरेका छन् । पहिला दिंदा राहात भनेर दिनुभएको थियो तर पछि गाउँपालिकाले पैसा दिंदा पहिलाको समानको पैसा भन्दै कटाएर दियो पीडित विकले भने । यसरी पछि कटाउँछ भन्ने थाहा पाएको भए त पहिल्यै लिने थिएनौं उनले भने ।

३१ गतेको बाढिपहिरोले खिम्तीका १७÷१८ घर परिवार माझीको जग्गा सबै बगाइदिएको र माझी समुदायको अवस्था बुझ्न कुनै संघसंस्था र जनप्रतिनिधि समेत अहिलेसम्म नआएको स्थानीय पूर्ण माझीले गुनासो गरे । उनले भने– १७÷१८ घर माझी समुदायको जग्गा सबै बाढीले गाएको छ, अरु भन्दा हामी कम पीडित हौला तर हामी पनि पीडित छौं । अहिलेसम्म यहाँको अवस्था बुझ्न कोही पनि आएको छैन उनले भने ।
२०७२ सालको भूकम्पले घर भत्काइदिएपछि भूकम्प पीडित स्थानीय पूर्ण माझीको जग्गामा टहर निर्माण गरेर बस्दै आएका थिए । जग्गा नभएको कारण त्यहाँका भूकम्प पीडितले पहिलो किस्ता वापतको ५० हजार रुपैयाँ रकम पाए पनि घर निर्माण गर्न सकेका थिएनन् ।
खोला किनारामा रहेको खेतसँग जग्गा सट्टा गरेर भूकम्प प्रभावितले अहिले टहर बनाएर बस्दै आएको ठाउँमा घर बनाउने तयारी गरिरहेका बेला असार ३१ गतेको बाढिपहिरोले खेत सबै बगाइदिए पछि त्यहाँका स्थानीय अझ समस्यामा परेका छन् ।
खोला किनारको खेतसँग अहिले टहरा बनाएर बस्दै आएको जग्गा साटेर भूकम्प प्रतिरोधी घर बनाउँने कुरा थियो, त्यो पनि रहेन, अब कसरी घर बनाएर बस्ने भन्नेमा हामी एकदम चिन्तित छौँ पूर्ण माझीले भने ।

प्रतिकृया

Add