संविधान कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छः मन्त्री श्रेष्ठ

 मङ्लबार, अशोज ३, २०७४ | onlinenews

३ असोज २०७४, रामेछाप


गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले सरकार संविधान कार्यान्वयमा प्रतिवद्ध रहेको बताएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रलाई सबैले हृदयदेखि नै आत्मसाथ गर्नुपर्ने पनि गृहराज्यमन्त्री

 श्रेष्ठले बताए ।
लामो त्याग र बलिदानबाट संविधानसभाबाट जारी भएको संविधानलाई कार्यान्वयन गर्नु सरकारको मुल जिम्मेवारी भएको भन्दै सबैले संघीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मैबाट स्वीकार गरेर कार्यान्वयन पक्षलाई सहज बनाउनु पर्ने बताए ।
संविधान दिवसको अवसरमा मंगलबार रामेछापको सदरमुकाम मन्थलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले यस्तो बताएका हुन् । अहिलेको परिवर्तनको लागि रामेछापले ठूलो त्याग र बलिदान गरेको उनले बताए ।
‘राणा शासन ढाल्नको लागि गंगालाल श्रेष्ठ, कृष्णलाल अधिकारी शहीद हुनुभयो, वामपन्थी राजनीतिको विचारधारा प्रवाह पुष्पलालले ठूलो योगदान दिनुभयो’,उनले भने,‘संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न जनयुद्धकालमा बेथान, दोरम्बा, गर्जाङले ठूलो बलिदान गरेको छ ।’
सरकार संविधान कार्यान्वयन गर्न प्रतिबद्ध भएर लागेको बताउदै गृह राज्यमन्त्री श्रेष्ठले स्थानीय तहको निर्वाचन सम्पन्न गरेर अब आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारीमा जुटेको बताए । संक्रमणकालको अन्त्य गर्दै अब देश समृद्धिको दिशामा अगाडि बढने पनि उनले विश्वास व्यक्त गरे ।

प्रतिकृया

Add