राष्ट्रपति र उपराष्ट्रपतिले दिए दशैको शुभकामना

 शनिबार, अशोज १४, २०७४ | onlinenews

१४ असोज २०७४


राष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीको अवसरमा सबै नेपालीलाई शुभकामना दिएकी छन् । राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिको कामना गरेकी छन् ।
नेपालीहरुको महान चाड बडादशैंका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले सामाजिक सदभाव र राष्ट्रिय एकता कायम गर्न दशैंले योगदान प¥याओस भन्ने कामना पनि गरेकी छन् ।
राष्ट्रपति भण्डारीले दिएको शुभकामना सन्देशमा लेखिएको छ, ‘राष्ट्रिय एकता सुदृढ पार्न र सामाजिक सदभाव एवं क्षेत्र–क्षेत्र, जातजाति र समुदाय–समुदायबीच आपसी भातृत्व कायम गर्न समेत दशैं चाड सफल रहोस् ।
सबै जातजाति र धर्मावलम्बीहरुको साझा फूलवारीको प्रतीकको रुपमा रहेका दशैं जस्ता चाडपर्वले भौगोलिक, धार्मिक, साँस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेको शुभकामना सन्देशमा उल्लेख छ ।
उपराष्ट्रपतिले पनि दिए शुभकामना
यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले दशैंको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रको निरन्तर समुन्नति र समृद्धिका साथै समस्त नेपालीमा सुख, शान्ति र सुस्वास्थ्यको कामना गरेका छन् ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक र भौगोलिक विविधतायुक्त धर्म निरपेक्ष मुलुक भएको र संविधानले सबै धर्म, सँस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने अधिकार प्रत्याभूत गरेको उहाले सन्देशमा उल्लेख गरिएको छ ।
संविधान कार्यान्वयनका क्रममा हालै सम्पन्न स्थानीय तहको निर्वाचन र आगामी मंसिरमा हुने संघ र प्रदेशको निर्वाचनले मुलुकलाई आर्थिक समृद्धिको यात्रामा दुरुत रुपमा अगाडि बढाउने उपराष्ट्रपतिले विश्वास व्यक्त गरेका छन् ।

प्रतिकृया

Add