ज्येष्ठ नागरिकको लागि बनेको कानून कार्यान्वय नभएको ज्येष्ठ नागरिकको गुनासो

 आइतवार, अशोज १५, २०७४ | onlinenews

१५ असोज २०७४ रामेछाप


आइतबार अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिशव । रामेछाप जिल्लामा पनि ज्येष्ठ नागरिक दिवस मनाइएको छ ।
ज्येष्ठ नागरिक दिवसको अवसरमा रामेछापको सदरमुकाम मन्थलीमा आयोजना गरिएको अन्तत्र्रिmया कार्यक्रममा ज्येष्ठ नागरिकको हितमा राज्यले निर्माण गरेको कानून अझै ब्यवहारमा नआएको ज्येष्ठ नागरिकहरुले गुनासो गरेका छन् ।
ज्येष्ठ नागरिकको हितमा निर्माण गरिएको कानून कडाइका साथ कार्यान्वयन गर्न पनि ज्येष्ठ नागरिकहरुले जोडदार माग गरेका छन् ।
ज्येष्ठ नागरिकको लागि निर्माण गरिएको कानूनमा हरेक सवारी साधनमा यात्रा गर्दा र सरकारी कार्यालयमा लाग्ने दस्तुरमा समेत ५० प्रतिशत छुट दिनेलगायतका सुविधाहरु पाउँने ब्यवस्था रहेको छ ।
“जेष्ठ नागरिकप्रति गरिने भेदभाव विरुद्ध उभिऔ” भन्ने मुल नाराका साथ २७ औ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस रामेछापमा पनि मनाइएको हो ।
दिवसको अवसरमा ज्येष्ठ नागरिक संघ रामेछापले आफ्ना सदस्यहरुलाई चिनी चियापति खरिदका लागि भन्दै प्रतिब्यक्ति २ सय रुपैयाँका दरले नगद वितरण गरेको छ ।
कार्यक्रम जिल्ला ज्येष्ठ नागरिक संघ रामेछापका अध्यक्ष नारायणदाश श्रेष्ठको अध्यक्षतामा भएको हो ।

 

प्रतिकृया

Add