रामेछापको लखनपुरमा करेण्ट लागेर दुई जना अचेत १५ भन्दा बढी घाइते

 आइतवार, अशोज १५, २०७४ | onlinenews

१५ असोज २०७४ रामेछाप


रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नम्बर ६ मा करेण्ट लागेर १५ जना भन्दा बढी घाइते भएका छन् ।
घाइते मध्ये लालबहादुर गौतम र टिकामाया गौतम अचेत अवस्था रहेका छन् भने ज्ञानबहादुर बस्नेत गम्भीर घाइते भएका छन् ।
अन्य १५ जना भन्दा बढी सामान्य घाइते भएको दोरम्बा गाउँपालिका वडा नं. ६ का अध्यक्ष अनुप गजुरेलले जानकारी दिए ।
मोवाइल चार्ज गर्ने क्रममा करेण्ट सर्ट भएर मानिसलाई नै तानेको बताइएको छ । घाइतेहरुको उद्दारको लागि गृहमन्त्रालय मार्फत हेलिकम्पटर आउने तयारी भइरहेको वडा अध्यक्ष गजुरेलले जानकारी दिए । थप विवरण आउँन बाँकी छ ।

 

प्रतिकृया

Add