लखनपुर अपडेटः करेण्ट लागेका दुइको मृत्यु

 आइतवार, अशोज १५, २०७४ | onlinenews

१५ असोज २०७४ रामेछाप


रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नम्बर ६ लखनपुरमा करेण्ट लागेर अचेत भएका दुई जनाको मृत्यु भएको छ ।
काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारको क्रममा दोरम्बा गाउँपालिका–६ का (बलराम) भनेर चिनिने लालबहादुर गौतम र टिकामाया गौतमको निधन भएको हो ।
उपचारको लागि नेपाली सेनाको हेलिकप्टर मार्फत विहान १० बजे उनीहरुलाई ग्राण्डी अस्पताल काठमाडौं लगिएको थियो । मृतक एउकै परिवारका आमा छोरा हुन् ।
विहान ८ बजेको समयमा विद्युत प्रसारणको मेन लाइनमा एक्कासी हाइभोल्टेज विद्युत प्रवाह भएपछि आफ्नै घरमा बसिरहेको अवस्था करेन्ट लागेको दोरम्बा गाउँपालिका–६ का अध्यक्ष अनुप गजुरेलले जानकारी दिए ।
करेन्ट लागेर अन्य १ दर्जन भन्दा बढि घाइते भएका छन् भने घाइते मध्ये एकको अवस्था गम्भीर रहेको छ ।

 

प्रतिकृया

Add