बस्तुलाई घाँस हाल्न गएकी युवती मृत भेटिइन 

 बिहिबार, अशोज १९, २०७४ | onlinenews

१९ असोज २०७४ रामेछाप


रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका–४ बेताली घर भएकी १७ वर्षिय अम्विका बस्नेत मृत अवस्थामा फेला परेकी छन् ।

गत मगंलबार साँझ घर नजिकै रहेको गोठमा बस्तुलाई घाँस हाल्न गएकी अम्विका राति अवेरसम्म पनि घर नआएपछि परिवारले उनको खोजतलासी गर्ने क्रममा बुधबार मृत अवस्था फेला परेको हो ।

बेतालीस्थित खिम्ती खोलमा हिमाल पावर लिमिटेडको ड्यामसाइट रहेको स्थान पातलेमा शव फेला परेको मृतककी परिवारले जनाएको छ ।  

शव भेटिएपछि उनका परिवारले बेताली प्रहरीलाई खवर गरेका थिए । घटनाप्रकृति हेर्दा बस्नेतको बलात्कारपछि हत्या भएको हुनसक्ने प्रहरीको आशंका छ ।

मृतक वस्नेतको शव पोष्टमार्टमको लागि सदरमुकाम मन्थलीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । घटनाको विषयलाई लिएर मृतकका आफन्तले प्रहरीमा जाहेरी दर्ता गराएका छन् ।

प्रहरीमा जाहेरी परेपछि थप अनुसन्धान भइरहेकोे जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजकुमार थापाले जानकारी दिए ।

प्रतिकृया

Add