नेकपा एमालेमा रामेछाप क्षेत्र नम्बर २ प्रदेशसभामा पाँच जनाको दावी

 शुक्रबार, अशोज २०, २०७४ | onlinenews

२० असोज २०७४ रामेछाप


नेकपा एमाले रामेछापले आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार चयनको लागि छलफल गरिरहेको छ ।
पार्टीभित्र उम्मेदवार बन्ने आकांक्षीको संख्या धेरै रहेको एमाले श्रोतले बताएको छ । एमालेले प्रदेशसभाको लागि सम्भावित उम्मेदवार छनोट गर्नको लागि प्रदेशसभा निर्वाचन क्षेत्र १ मा पुरोषोत्तम कडेरिया र प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा प्रकाशकुमार कार्कीलाई संयोजक बनाएको छ ।
संयोजकहरुले सर्वसम्मत रुपमा प्रदेश कमिटीमा सम्भावित उम्मेदवार छनोट गर्नको लागि आन्तरिक रुपमा छलफल गरिरहेका छन् । तर सर्वसम्म हुन सकिरहेको छैन ।
दुई वटै निर्वाचन क्षेत्रबाट हुन सक्ने उम्मेदवारहरुले उम्मेदवार बन्ने आकांक्षा देखाएका छन् । केन्द्रको निर्देशन अनुसार महिला सहित एउटा निर्वाचन क्षेत्रबाट तीन÷तीन जना सम्भावित उम्मेदवारहरुको नामावली सिफारिस गर्नुपर्ने छ ।
तर प्रदेशसभा क्षेत्र नम्बर २ मा उम्मेदवार हुने आकांक्षीहरुको संख्या धेरै देखिएको छ । २ नम्बर क्षेत्रबाट रत्न गौतम, ज्ञान कुमार श्रेष्ठ, झम्क कडेल र होम बुढाथोलीले उम्मेदवार हुनुपर्ने दावी गरेका छन् ।
क्षेत्र नम्बर १ मा भने पार्टी अध्यक्ष शान्ति पौडेललाई नै सर्वसम्मत बनाउने गृहकार्य भइरहेको एक जिल्ला स्तरीय नेताले बताएका छन् ।
ती नेताका अनुसार पार्टीले सकेसम्म सर्वसम्मत बनाउने र सर्वसम्मत हुन नसके पार्टी केन्द्रको निर्देशन अनुसार महिला सहित तीन जना सम्भावित उम्मेदवर सिफारिस हुनेछन् ।

प्रतिकृया

Add