रामेछापको दोरम्बामा जारी खुल्ला पुरुष भलिवल प्रतियोगिता अन्तर्गत शुक्रबार फाइनल खेल हुने

 शुक्रबार, अशोज २०, २०७४ | onlinenews

२० असोज २०७४


रामेछापको दोरम्बामा जारी जिल्ला स्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगिताको उपाधिको लागि शुक्रबार नाटिला युवा क्लव गेलु र माने एकता समाज दोरम्बा भिड्ने भएका छन् ।
बिहीबार सेमिफाइनलका खेलहरु सकिए सँगै उत्कृष्ट अंकका आधारमा गेलु र दोरम्बा फाइनल खेलमा आमने सामने हुने भएका हुन । यि दुई टिमविचको खेलमा विजेयी हुने टिम प्रतियोगीताको विजेता हुने छ भने पराजित टिमले दोश्रो स्थानमा चित्त वुझाउनुपर्नेछ ।
रामेछाप जिल्लाका ९ वटा टिमले सहभागीता जनाएको सो प्रतियोगिताको तृतीय पुरस्कारको लागि भने राम्चे युवा समाज दिमिपोखरी र कृयटिभ युवा समाज माकाधुमले प्रतिस्पर्धा गर्ने छन् ।
विजयादशमीको अवसरमा सैलङ्ग खेलकुद विकाश समाज दोरम्बाको खुला पुरुष भलिवल प्रतियोगिताको आयोजना गरेको हो ।
असोज १७ गते देखि जारि सो प्रतियोगीतामा प्रथम हुने टिमले नगद ७० हजारका साथै शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै दोश्रो हुनेले नगद ५० हजार, शील्ड मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् भने तृतिय हुने टिमले नगद ३० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र पाउनेछन् ।
प्रतियोगितामा सान्त्वना हुने टिमले भने १० हजार रुपैया पुरस्कार पाउनेछ । लिग कम नक आउटका आधारमा खेलाइएको सो प्रतियोगितामा सहभागी टिममध्येबाट एक जना उत्कृष्ट खेलाडी, वेष्ट लिफ्टर र बेष्ट स्पाइकरलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजक संस्थाले जनाएको छ ।

प्रतिकृया

Add