रामेछाप जिल्लामा चुनावि चहलपहल तीब्र

 बुधबार, कार्तिक १५, २०७४ | onlinenews

१५ कार्तिक २०७४ रामेछाप


रामेछाप जिल्लाका राजनीतिक पार्टीहरुले चुनावि प्रचारप्रसारलाई तीब्र बनाएका छन् । निर्वाचन मिति नजिकिदै गर्दा जिल्लामा राजनीतिक दलहरुले घरदैलो तथा चुनावि सभालाई तीब्र बनाएको हो ।
यसै क्रममा सोमबार नेपाली काँग्रेसले प्रेदश नम्बर ‘क’ मा रामेछाप नगरपालिकाको ओख्रनी, च्यास्कु, रामपुर, चारघरेलगायतका स्थानमा कोणसभा तथा घरदैलो कार्यक्रम गरेका छन् । त्यसैगरी प्रदेश नम्बर ‘ख’ मा मन्थली नगरपालिका अन्तर्गत गेलुका सावाडाँडामा घेटघाट कार्यक्रम गरेको छ भने गेलुकै रजाईगाउँमा आमसभा गरेको छ । त्यसैगरी पूmलासीको हरिचिन्डेमा भेटघाट अन्तरक्रिया र पोखरीडाँडामा भेटघाट कार्यक्रम गरेको छ ।
पोखरीडाँडाको भेटघाट कार्यक्रम सकेर डडुवा छिरेका नेपाली काँग्रेसका प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरुलाई त्यहाँका स्थानीयले भब्य स्वागत गरेको नेपाली काँग्रेसका नेता रत्नहरी ढुङ्गेलले जानकारी दिए ।
त्यसैगरि वामगठबन्धले पनि आफ्नो चुनावि अभियानलाई तीब्र बनाएको छ । चुनावि अभियान अन्तर्गत प्रदेश नम्बर ‘क’मा सोमबार बामगठबन्धनले गुम्देलमा कोणसभास गरेको छ । वामगठबन्धनका वडा स्तरीय समन्वय समितिका संयोजक तिलकबहादुर कार्कीको अध्यक्षतामा भएको कोणसभामा प्रदेश ‘क’ का उम्मेदवार शान्तिप्रसाद पौड्याल र प्रदेश ‘क’का निर्वाचन परिचालन समितिका संयोजक प्रेमकुमार कार्की सेवकले सम्वोधन गरेमन थिए ।
त्यसैगरी प्रदेश नम्बर ‘ख’ मा मन्थली नगरपालिका अन्तर्गत चनखु, नाटिला र गेलुमा भेटघाट तथा कोणसभा गरेका छन् । चनखुमा आयोजीत कोणसभालाई संवोधन गर्दै प्रदेश नम्बर ‘ख’ का उम्मेदवार कैलाशप्रसाद ढुङ्गेलले दिगो विकास र सुशासनको लागि वामगठबन्ध गरिएको भन्दै वामगठबन्धनलाई भोट मागेका थिए । उम्मेदवार ढुङ्गेलले केही पार्टीहरुले निर्वाचन आचारसंहिता विपरीत आचारण देखाएको पनि आरोप लगाए ।
त्यसैगरी प्रदेश ‘ख’ मा प्रतिनिधिसभा निर्वाचन परिचालन समितिका सचिव तारानारायण श्रेष्ठ र प्रदेश ‘ख’ निर्वाचन परिचालन समितिका संयोजक टंकलाल घिसिङले रामेछाप जिल्ला कम्युनिष्टहरुका किल्ला भएको भन्दै त्यसलाई अझ उचाइमा पु¥याउन वामगठबन्ध गरिएको बताएका थिए । वामगठबन्धनले निर्वाचन जितेमा रामेछाप समृद्ध बन्ने गठबन्धनको भनाई छ ।

प्रतिकृया

Add