नमूना मतपत्र नआउँदा मतदाता शिक्षामा ढिलाई

 बिहिबार, कार्तिक १६, २०७४ | onlinenews

१६ कार्तिक २०७४ रामेछाप


निर्वाचन आयोगले मतमत्रको नमूना समयमै नपठाउँदा जिल्लामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न ढिलाई भएको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।
मतमत्र दुई वटा हुने कि एउटा मात्रै भने विषयमा निर्णय गर्न समय लागेकाले जिल्लामा मतपत्रको नमूना आउन ढिलो हुँदा मतदाता शिक्षा कार्यक्रम समेत प्रभावित भएको निर्वाचन कार्यालयको भनाई छ ।
अघिल्ला निर्वाचनहरुमा यस बेला निर्वाचन सामाग्रिहरु आइसक्थ्यो तर यस पटक मतमत्रको कारण केही ढिलाई भयो जिल्ला निर्वाचन कार्यालय रामेछापका प्रमुख कपिलप्रसाद उपाध्यायले भने ।
मतपत्र आउन ढिला भए पनि मतदाता शिक्षालाई कमि हुन नदिन गाउँमा कटिले कर्मचारीलाई अहोरात्र खड्न हामीले भनेका छौं उपाध्ययाले भने । मतदाता शिक्षालाई प्रभावकारी बनाउन यस पटक राजनीतिक दल र पत्रकारलाई समेत मतदाता शिक्षा दिने कार्यक्रम रहेको पनि कार्यालय प्रमुख उपाध्यायले बताए ।
केन्द्रबाट आउँने निर्वाचन समाग्रि नआइपुगेको भए पनि जिल्ला स्तरबाट गरिने तयारी भने युद्धस्तरमा भइरहेको पनि उनले बताए ।
रामेछाप जिल्लामा स्थानीय तहको निर्वाचन पछि १७ हजार ९ सय ३९ मतदाता थपिएका छन् । स्थानीय तहको निर्वाचनमा १ लाख ३४ हजार ६ सय २० मतदाता रहेको रामेछापमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा भोट हाल्न योग्य मतदाताको संख्या १ लाख ५२ हजार ५ सय ५९ जना पुगेको छ ।
कुल मतदाता मध्य ७६ हजार ४ सय २५ पुरुष र ७६ हजार १ सय ३४ महिला मतदाता रहेका छन् । जसमा प्रदेश नम्बर ‘क’ मा ७३ हजार १ सय ६७ र प्रदेश नम्बर ‘ख’ मा ७९ हजार ३ सय ९२ रहेको छ ।
त्यसैगरी प्रदेश ‘क’ मा ३६ हजार ७ सय ५ पुरुष र ३६ हजार ४ सय ६२ महिला मतदाता रहेका छन् भने प्रदेश ‘ख’मा ३९ हजार ७ सय २० पुरुष र ३९ हजार ६ सय ७२ जना महिला मतदता रहेका छन् ।
स्थानीय तहको निर्वाचनपछि रामेछापमा २१ वटा मतदान केन्द्र पनि थपिएको छ । स्थानीय तहको निर्वाचनमा ९० मतदान स्थल र १ सय ७० मतदान केन्द्रबाट मतदान गरिएकोमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा ९० मतदान स्थल र १ सय ९१ मतदान केन्द्रबाट मतदान हुने छ ।
१ प्रतिनिधि सभा र २ प्रदेशसभा रहेको रामेछापमा १२ राजनीतिक दलहरुले मंसिर १० गते हुने प्रदेश र प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराएका छन् । रामेछापमा राप्रपाले भने लोकतान्त्रिक गठबन्धनलाई सघाउने भएको छ ।

प्रतिकृया

Add