जगदीश घिमिरेको चौथो स्मृति दिवस 

 बिहिबार, कार्तिक १६, २०७४ | onlinenews

१६ कार्तिक २०७४ रामेछाप


बरिष्ठ साहित्यकार, पत्रकार तथा समाजसेवि जगदीश घिमिरेको चौथो वार्षिक स्मृति दिवस मंगलबार मन्थलीमा मनाइएको छ ।  घिमिरेको सम्झनामा आयोजीत स्मृति सभाका बक्ताहरुले रामेछाप जिल्लाको आर्थिक र सामाजिक क्षेत्रको विकासमा जगदीश घिमिरेले पु¥याएको योगदान र उनको सामाजिक तथा साहित्यिक व्यक्तित्वको बारेमा चर्चा गरेका थिए । रामेछाप जिल्लाको आर्थिक, सामाजिक विकास र रुपान्तरणमा घिमिरेको अतुलनीय योगदान रहेको बक्ताहरुले बताएका थिए । घिमिरे समाजसेवी, पत्रकार साहित्यकार मात्र नभएर कुशल राजनीतिक विश्लेषक समेत रहेको बक्ताहरुको भनाई थियो । वार्षिक स्मृति दिवस कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले रामेछाप जिल्लाको सामाजिक विकासको गर्ने अवसर तामाकोसी सेवा समितिले पाएको र त्यसमा जगदीश घिमिरेको योगदान रहेको बताए । स्वर्गीय जगदीश घिमिरेले पु¥याएको योगदानलाई रामेछापले विर्सन नसक्ने पनि उनले बताए । त्यस्तै मन्थलीन नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले जगदिश घिमिरेले रामेछाप र देशकै लागि पु¥याएको योगदान अतुलनीय रहेको बताए । जगदीश घिमिरेको अगुवाइनमा रामेछाप जिल्लामा खानेपानी र स्वाथ्यको क्षेत्रमा तामाकोसी सेवा समितिले निकै राम्रो काम गरेको मन्थली नगरपालिका प्रमुख बस्नेतले बताए । उनले भने– “म पहिला जिल्ला विकास समिति रामेछापको उपसभापति हुँदा रामेछाप जिल्लाको खानेपानी र स्वास्थ्य क्षेत्रको विकास गर्ने जिम्मा तामाकोसी सेवा समितिलाई देउ रमेश बाबु भन्नुभयो थियो । र, जिल्लाका शिक्षा र स्वास्थ्यको क्षेत्रमा तामाकोसी सेवा समितिले राम्रो काम ग¥यो । त्यसबेला यो संस्था नभइदिएको भएर र जगदीशले स्वास्थ्य र खानेपानीको क्षेत्रमा काम नगरेको भए म अहिले मेयर भएर आउँदा मेरो हातमा त केही नहुँने रहेछ ।” जगदीश राजनीतिक सचेतक, सामाजिक अभियन्ता र  साहित्यिक महारथी भएको पनि प्रमुख बस्नेतले बताए । कार्यक्रममा रामेछापका प्रमुख जिल्ला अधिकारी दिलीपप्रसाद लामिछाने, नेपाली काँग्रेस रामेछापका कोषाध्यक्ष कुमार श्रेष्ठलगायतले स्वर्गीय घिमिरेको योगदानको बारेमा चर्चा गरेका थिए ।  वरिष्ठ साहित्यकार तथा समाजसेवी  जगदीश घिमिरेको माइलोमा क्यान्सरको कारण ४ वर्ष अघि ६८ वर्षको उमेरमा निधन भएको थियो । मल्टिपल माइलोमाबाट ग्रस्त घिमिरेको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको थियो । समाजसेवाको क्षेत्रमा अग्रणी भूमिका निभाएका घिमिरेले स्थापना गरेको तामाकोशी सेवा समितिले तीन दशकदेखि विभिन्न सामाजिक काम गर्दै आएको छ ।  स्मृतिसभा तामाकोसी सेवा समितिका अध्यक्ष गुञ्जबहादुर श्रेष्ठको अध्यक्षताका सम्पन्न भएको थियो । अभाव र गरिबीले पिल्सिएका रामेछापबासीको पीडालाई कम गर्न स्वर्गीय घिमिरेको अगुवाइमा जिल्लाका अधिकांश गाविसहरुमा स्वास्थ्य, शिक्षा, कृषि, सिंचाई, खानेपानी, सौचालयका अभियान सञ्चालन गरिएको थियो । स्वर्गीय घिमिरेले रामेछापमा गैरसरकारी संस्था र बचत तथा ऋण सहकारी संस्थाको स्थापनामा समेत उल्लेखनीय सहयोग गरेका थिए ।

प्रतिकृया

Add