जिल्ला शिक्षा कार्यालयद्धारा वार्षिक बजेट सार्वजनिक

 बिहिबार, कार्तिक १६, २०७४ | onlinenews

१६ कार्तिक २०७४ रामेछाप


जिल्ला शिक्षा कार्यालय रामेछापले चालू आर्थिक वर्षमा खर्च हुने बजेट सिलिङ्ग सार्वजनिक गरेको छ । जिल्ला शिक्षा कार्यालय रामेछापले चालू आर्थिक वर्षमा खर्च हुने १९ करोड ३७ लाख बजेट सार्वजनिक गरेको हो ।
जसमा जिल्लामा रहेको सामुदायक अध्ययन केन्द्रका लागि ४६ लाख बजेट रहेकोे जिल्ला शिक्षा कार्यालय रामेछापले जनाएको छ । जिल्ला शिक्ष कार्यालय रामेछापले आइतबार पत्रकार सम्मेलन गरि त्यस कार्यालयको वार्षिक कार्यक्रम सार्वजनिक गरेको हो ।
जिल्ला शिक्षा अधिकारी दिनानाथ गौतमले सार्वजनिक गरिएको बजेट शिक्षकको तलव भक्ता, पाठ्यक्रम र छात्रवृद्धि बाहेकको भएको बताए । शिक्षकको तलव भक्ता, पाठ्यक्रम र छात्रवृत्तिको लागि भने स्थानीय तहबाटै ब्यवस्थापन हुने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । रामेछापमा ३१ वटा निमावि र १९ वटा माविमा शिक्षक दरवन्दी नहुदा समस्या भएको जिल्ला शिक्षा कार्यालयले बताएको छ ।
आधारभूत तहमा आवश्यकता भन्दा बढि शिक्षक दरबन्दी रहेको र माथिल्लो तहमा शिक्षक दरबन्दी कम रहेको पनि जिल्ला शिक्षा कार्यालयले जनाएको छ । दरबन्दी मिलानको लागि विद्यालय एकीकण गर्नुपर्ने अवस्था रहेकाले प्रितिनिध सभा र प्रदेश सभाको निर्वाचनपछि विद्यालय एकीकरणको प्रक्रिया सुरु हुने पनि जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
जिल्लामा रहेको सामुदायिक अध्ययन केन्द्रहरुलाई प्रभावकारी बनाउन पनि जिल्ला शिक्षा कार्यालयले पहल गरिरहेको बताइएको छ ।

प्रतिकृया

Add