रामेछापमा राजनीतिक दलको फरक चुनाव प्रचारशैली 

 शुक्रबार, कार्तिक २४, २०७४ | onlinenews

२४ कार्तिक २०७४ रामेछाप


 रामेछाप जिल्लाको राजनीतिक दलहरुले चुनाव प्रचारप्रसारमा नयाँ शैली अपनाएका छन् । चुनावी प्रचारमा दलका चिन्ह अंकित ज्याकेट, कमिज, टिसर्ट, टोपी, गम्छा वा अन्य कुनै पहिरन, स्टिकर, लोगो, झोला, ट्याटु लगायतका सांकेतिक सामाग्री प्रयोग गर्न प्रतिबन्ध लगाएपछि दलहरुले चुनाव प्रचारमा नयाँ शैली अपनाएका हुन् ।  चुनाव प्रचारप्रसारलाई  प्रभावकारी बनाउँन भन्दै दलहरुले तुलको रुपमा कपडमा चुनाव चिन्ह छापेर तोरणजस्तो बनाई जिल्लाका मुख्य बजारहरुमा टाँगेका छन् । रामेछापको सदरमुकाम मनथली बजार राजनीतिक दलका चुनाव चिन्ह र पार्टीको झण्डा अंकित तुल ब्यानरले छपक्कै ढाकेको छ । हेर्दा कुनै ठूलो महोत्सव आएजस्तो देखिन्छ । आचारसंहितले ठूूला–ठूला झण्डा ब्यानर र फोष्टरहरु छाप्न र टाँस्न प्रतिबन्ध लगाएकाले आपूmहरुले नयाँ शैली अपनाएको दलका नेताहरुको भनाई छ । ठूला साइजका झण्डा ब्यानर र लोगोहरु थाप्न र टाँग्न आचारसंहिताले रोकेपछि आपूmहरुले यस्तो चुनाव प्रचार विधि अपनाएको पूर्व संविधानसभा सदस्य तथा वामगठबन्धनका प्रतिनिधिसमा निर्वाचान परिचान समितिका संयोजक तारानारायण श्रेष्ठले बताए । निर्वाचव आयोजले जारी गरेको निर्वाचन आचारसंहिताकै परिधिमा रहेर प्रचारप्रचार गरिएको पनि उनको दावि छ । निर्वाचन प्रतिस्पर्धा भएकालेले अन्य दलहरुले चुनाव प्रचार सामाग्रीलाई तुल बनाएर तोरणको रुपमा टाँेगपछि आफ्नो पार्टीले पनि त्यही चुनाव प्रचार विधि अपनाएको नेपाली काँग्रेस रामेछापका कोषाध्यक्ष कुमार श्रेष्ठको भनाई छ । घरबेटीसँग अनुमति लिएर नै चुनाव प्रचारप्रसारका सामाग्रि टाँगिएको उनले बताए । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारको आचारसंहितालाई कडाई गर्दै लगेको आपूmहरुले प्रचारप्रसारको नयाँ विधि अपनाएको कोषाध्यक्ष श्रेष्ठले बताए ।  दलहरुले निर्वाचन प्रचारप्रसारमा अपनाएको नयाँ शैलीसँगै निर्वाचन आचारसंहिताको पनि उल्लंगन गरेका छन् । दलहरुले आचारसंहिता विपरीत सदरमुकाम मन्थलीदेखि हरेक गाउँपालिका र नगरपालिकाका सार्वजनिक स्थलहरुमा निर्वाचन आयोगले तोकेको भन्दा ठूलो साइजका पोष्टर तथा पर्चा सार्वजनिक स्थलमा समेत टाँसेका छन् ।

प्रतिकृया

Add