४ वटा विद्यालयका विद्यार्थीलाई बैदेशिक रोजगारी सम्वन्धि अभिमुखिकरण

 मङ्लबार, कार्तिक २८, २०७४ | onlinenews

२८ कार्तिक २०७४ रामेछाप


बैदेशिक रोजगारीलाई सुरक्षित, बिश्वासिलो र लाभदायक बनाउने उद्देश्यले रामेछाप जिल्लाका विभिन्न ४ वटा विद्यालयका विद्यार्थीहरुलाई सुरक्षित वैदेशिक रोजगारी सम्बन्धि अभिमुखीकरण गरिएको छ ।
रोजगारिको लागि विदेश जानु पूर्व दिइने सूचना विद्यार्थीको माध्ययमबाट गाँउ तहसम्म पु¥याउने उद्देश्यले विद्यार्थीलाई अभिमुखिकरण कक्षा सञ्चालन गरिएको आयोजक संस्थाका कार्यक्रम संयोजक सागरबिक्रम बस्नेतले जानकारी दिए ।
अभिमुखिकरण शारदा संस्कृत मावि, रामेछाप ८ बाबियाखर्क, कालिका मावि, मन्थली ७ भलुवाजोर, माध्यमिक विद्यालय गोकुलगंगा ६, कमला मावि नामाडीका विद्यार्थीहरु सहभागिता भएका थिए ।
ती विद्यालयहरुमा छुट्टाछुटै सञ्चालन गरिएको सुरक्षित वैदेशिक रोजगारी सम्बन्धित अभिमुखीकारणमा २ सय ३२ जना विद्यार्थीहरु सहभागि भएका थिए । सहभागि विद्यार्थी मध्य १ सय ३९ छात्रा र ९३ जना छात्र रहेका थिए ।
वैदेशिक रोजगारी समाजमा जटिल समस्याको मुद्दा बनेर आएकाले चालु आर्थिक वर्षमा रामेछाप जिल्लाभित्रका विद्यालय जनजागृति मावि बेताली, गोकुलगंगा मावि रस्नालु, सुर्के मावि डडुवा, पशुपति मावि हिलेदेवि, रुद्राक्षश्वर मावि भटौली, अग्लेश्वर मावि दिमीपोखरी, कैलेश्वर मावि गुप्तेश्वर, महालंगुर मावि गुम्देल, खारपानी मावि गौश्वारा, शिबलिङ्गेश्वर मावि गौश्वारा, सिद्देश्वर मावि बाम्ती, सरस्वती मावि र चण्डेश्वरी माविमा कक्षा सञ्चालन गरिने आयोजक संस्थाले जनाएको छ ।
सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारले सुरक्षित वैदेशिक रोजगारी सम्बन्धि अभिमुखिकरण कक्षा सञ्चालन गरेको हो । बिद्यार्थी नै भोलि बैदेशिक रोजगारीमा जानसक्ने संम्भावना भएको र कतिपय विद्यार्थीका अभिभावक वैदेशिक रोजगारीमा रहेकाले वैदेशिक रोजगारी सम्बन्धि तालिम विद्यालयमा सञ्चालन गर्दा प्रभावकारी भएको कार्यक्रम संयोजक बस्नेतले बताए ।
कक्षा ८ को पाठ्य पुस्तक “पेशा व्यवसाय” र कक्षा १० को सामाजिक विषयमा समेत वैदेशिक रोजगार सम्बन्धि पाठ संलग्न रहेकाले विद्यार्थीको लागि कक्षा उपयोगी भएको आयोजक संस्थाकी सामाजिक परिचालिका कविता सुनुवारको भनाई छ ।

प्रतिकृया

Add