स्वीस विकास कोषको सहयोग बारे स्थानीय निकायसँग छलफल

 आइतवार, मंसिर ३, २०७४ | onlinenews

३ मंसिर २०७४ रामेछाप


नेपालको नयाँ संघीय संरचना अन्तर्गत स्थानीय तह सञ्चालनमा स्विस विकास सहयोग नियोगले कसरी सहकार्य गर्न सक्छ भन्ने विषयमा स्थानीय प्रतिनिधिहरुँग छलफल भएको छ ।
हेल्भेटास स्विस इन्टरकोअपरेशन स्विजरल्याण्डका कार्यकारी निर्देशक मैल्चर लेनास्फेल्ड र रामेछापका दुई स्थानीय तहका प्रमुखहरुबीच स्वीस विकास हयोग बारे छलफल भएको हो ।
सदरमुकाम मन्थलीमा आयोजीत बैठकमा स्थानीय तह सञ्चालनमा आइपरेका समस्याका बारेमा नगरप्रमुख र गाँउपालिका प्रमुखले आफ्नो धारणा राखेका थिए । रामेछाप जिल्लामा खानेपानी टट्कारो समस्याका रुपमा रहेको र जसको कारणले आधुनिक कृषि प्रणालीको विकासमा समेत बाधा पुगेको स्थानीय जनप्रतिनिधिले बताएका थिए ।
मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले युवाहरुलाई गाउँमै उद्यमी बनाउन सक्ने किसिमको कार्यक्रम गाउँमा लैजान नसके युवाहरु परिवारको आधारभुत आवश्यकताका लागि बैदेशिक रोजगारीमा गइरहनु पर्ने बाध्यता रहने बताए ।
स्थानीय तहमा हालसम्म आवधिक योजना निर्माण गर्न नसकिएको हुँदा सहयोगीको रुपमा नियोगको भूमिका रहनु पर्ने प्रतिनिधिहरुको भनाई छ । वैठकमा मन्थली नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत आत्मराम सत्याल र खाँडादेवि गाउँपालिकाको प्रमुख प्रेम तामाङ्गको सहभागिता रहेको थियो ।
त्यसैगरी बैठकमा हिमालय स्विजरल्याण्डका कार्यक्रम संयोजक लिअनिल, अन्तर्राष्ट्रिय कार्यक्रम सल्लाहकार जेट कार्टर समेतको सहभागिता रहेको थियो । सो कार्यक्रममा रामेछाप जिल्लामा स्विस सहयोगमा संञ्चालित अन्य परियोजनाका जिल्ला परियोजना समेतको सहभागिता रहेको थियो ।

प्रतिकृया

Add