प्रचण्डपुत्र प्रकाश दाहालको असामयिक निधन

 आइतवार, मंसिर ३, २०७४ | onlinenews

३ मंसिर २०७४ काठमाडौं
नेकपा मओवादीका अध्यक्ष पुष्पकमाल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको असामयिक निधन भएको छ । पारिवारिक स्रोतका अनुसार आइतबार बिहान नर्भिक अस्पतालमा दाहालको निधन भएको हो ।
दाहालको निधन भएको औपचारिक घोषणा गरिएको छैन । केहीबेरमा अस्पतालले पत्रकार सम्मेलन गर्दैछ । अस्पतालमा अहिले सुरक्षा अधिकारीहरु तथा सर्वसाधारणको भिड लागेको छ ।
दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल पु¥याइएको थियो । झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड आजै हेलिकोप्टरबाट काठमाडौं फर्किँदैछन् । चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठमाडौं आउँदैछन् ।
सधैं प्रचण्डसँगै जाने गरेका उनी सन्चो नभएको भन्दै झापा नगई चितवनबाट काठमाडौं आएका थिए । उनी काठमाडौंमा आमासँग बसेका थिए ।

प्रतिकृया

Add