रामेछापको सुनापाति गाउँपालिकाको बेथान निषेधित क्षेत्र घोषणा

 सोमवार, मंसिर ४, २०७४ | onlinenews

रामेछाप–स्थानीय प्रशासनले रामेछापको सुनापति गाउँपालिकाको बेथानलाई निषेधित क्षेत्र घोषणा गरेको छ । बेथानमा वामगठबन्धन र कांग्रेसको चुनावी कार्यक्रम जुधेको कारण देखाउँदै स्थानीय प्रशासनले रामेछापको बेथानलाई मंगलबारदेखि निषेधित क्षेत्र घोषणा गरेको हो ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा ‘ख’ बमोजिम बेथानमा सभा जुलुस र अन्य कुनै पनि कार्यक्रम गर्न रोक लगाइएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ ।
रामेछापका निमित्त प्रमुख जिल्ला अधिकारी यज्ञप्रसाद शर्माले सोमबार साँझ एक सूचना प्रकाशित गरि यस्तो आदेश जारी गरेका हुन् । प्रशासनले प्रयोग गरेको दफा बमोजिम एकै थलोमा ५ जनाभन्दा बढी मानिसहरुको भेला हुन पाइँदैन ।
मंगलबार बेथानमा वामगठवन्धन र लोकतान्त्रिक गठबन्धनको चुनावी कार्यक्रम जुधेको र दुवैपक्ष कार्यक्रम रोक्न तयार नभएपछि शान्ति सुरक्षाको दृष्टिले उक्त आदेश जारी गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्र थापाका जानकारी दिए ।
शान्ति सुरक्षामा खलल पर्ने अवस्था देखिएकोले बेथानलाई अर्काे आदेश नभएसम्मका लागि निषेधित क्षेत्र घोषणा गरिको प्रहरी निरीक्षक थापाले बताए । बेथानमा सुरक्ष ब्यवस्थामा समेत कडाई गरिएको छ ।
वामगठबन्धनको निर्धारीत समयअनुसार चुनाविसभाको अघिल्लो दिन प्रशासनले बेथालाई निषेधित क्षेत्र घोषणा गरेको हो । बेथान माओवादीको पकड क्षेत्र हो ।

प्रतिकृया

Add