बामपन्थीको गठबन्धनले हामपन्थि आत्तिए : मन्त्री श्रेष्ठ

 सोमवार, मंसिर ४, २०७४ | onlinenews

रामेछाप– विना विभागीय मन्त्री तथा वामगठबन्धन रामेछापका प्रतिनिधिसभाका साझा उम्मेदवार श्यामकुमार श्रेष्ठ ‘कुशल’ले वामपन्थीहरुको एकताबाट हाममन्थीहरु आत्तिएको बताए ।
२०१५ सालमा काँग्रेसको दुई तिहाई सहितको सरकारले पनि जनचाहाना पूरा गर्न नसकेको र विकासको नाममा जनतामा भ्रम छरेर काँग्रेस मोटाएको भन्दै मन्त्री श्रेष्ठले काँग्रेसलाई हामपन्थीको संज्ञा दिए ।
गाउँगाउँमा एम्बुलेन्स र रामेछापको विकासका लागि डोजर दिन्छु भन्नु जनतालाई भ्रम छर्नु बाहेक अरु केहि नभएको मन्त्री श्रेष्ठले बताए । अझै पनि जनताले काँग्रेसलाई भोट दिने हो भने जनता र देश नै संकटमा पर्ने बताए ।
वामगठबन्धनले सोमबार रामेछाप नगरपालिकाको रामेछापमा आयोजीत कार्यक्रमलाई संवोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । वामगठबन्धनको नगरपालिका स्तरीय निर्वाचन प्रचारप्रसारले आयोजना गरेको काक्रममा एमाले र माओवादी केन्द्रका साझा उम्मेदवार र जिल्लाको नेताहरुले संवोधन गरेका थिए ।
गठबन्धनले सोमबार रामेछाप नगरपालिकाको–९ ल्यांङ्ल्यांङ, वडा नम्बर ७ शुकाजोर र रामेछापको गौरीशंकर उमाविमा कोणसभा गरेको छ । कोणसभालाई सम्वोधन गर्दै प्रदेशसभा ‘क’ का उम्मेदवार शान्तिप्रसाद पौड्यालले कम्युनिष्टबाट मात्रै देशको समृद्धि र विकास सम्भव हुने बताए ।
आपूmहरुले रामेछापको कृषि, स्वास्थ्य, शिक्षा, यातायात र खानेपानीजस्ता पूर्वाधारहरुको उचित व्यवस्थापन गर्दै वर्षौदेखिको समस्यालाई दीगो समाधान गर्नेगरी चुनावी घोषणा–पत्र तयार गरेको बताए ।
स्थानीय स्तरमा जल, जमिन, जंगल र जनशक्तिलाई योजनाबद्ध तरिकाले परिचालन मात्र गर्न सके पनि रामेछापका जनताहरुको घरमा गरिबीले बास नगर्ने उनको भनाई छ । त्यसैगरी जनता हार्ने या जित्ने ! जनताको हातकै अधिकार निर्णायक हुने हुँदा यो निर्वाचनमा गठबन्धनलाई मतदान गर्नुपर्ने नेकपा माओवादी केन्द्रका प्रतिनिधिसभाका समानुपातिक तर्फका उम्मेदवार मैनकुमार मोक्तानले बताए ।
रामेछाप जिल्ला कम्युनिष्टहरुको उद्गम थलो भएकाले पुष्पलाल र गंगालालको सपना पूरा गर्न पनि वामगठबन्धनलाई आफ्नो मत दिनुपर्ने जिल्ला निर्वाचन परिचालन समितिका संयोजक देबशंकर पौडेलले बताए ।
काँग्रेस र गठबन्धनको शक्तिलाई कुखुरा र सिंहको लडाई भएको भन्दै आपूmहरु जनमतको आधारमा बलियो रहेको पौडेलको भनाई छ । यद्यपि आपूmहरुलाई दुइतिहाई बहुमत सहित जिताउन समेत उनले मतदातालाई आग्रह गरे ।

प्रतिकृया

Add