कामचोर ठेकेदार प्रतिनिधिसभाको उम्मेदवार

 मङ्लबार, मंसिर ५, २०७४ | onlinenews

रामेछाप– प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ३५ जनाभन्दा बढि निर्णमा ब्यवसायिहरु उम्मेदवार बनेका छन् । ठेक्कापट्टाबाट अकुल सम्पत्ति कामाइसकेका ठेकेदारहरुलाई ठूला दलले उम्मेदवारको टिकट दिएका छन् ।
पैसाको बलमा टिकट पाउँने मध्य नेपाली काँग्रेस रामेछापको प्रतिनिधिसभाका सदस्यको उम्मेदवार पूर्णबहादुर तामाङ कान्छाराम पनि एक हुन् । काँग्रेस रामेछापका प्रतिनिधिसभा सदस्यका उम्मेदवार कान्छाराम तामाङ पनि कामचोर ठेकेदारमै गनिन्छन् ।
राजधानीको तीनकुने–माइतीघर सडक बनाउने ठेक्का शर्मा एन्ड कम्पनी र कान्छाराम कन्स्ट्रक्सन प्रालि ‘पूर्णबहादुर तामाङको कम्पनी’ जेभीले पाएको थियो ।
सडक निर्माणको ठेक्का पाएका कान्छारामले समयमै काम नगरेपछि सडक विभागले गोरखापत्रमा सूचना निकालेर तीनपटकसम्म ठेक्का सम्झौता रद्द गर्ने चेतावनी समेत दिएको थियो ।
सडक विभागको पटक–पटकको चेतावनीपछि कान्छारामले बल्लतल्न त्यो काम गरेका थिए । उनले सो सडकको काम सकाउने नाममा झारो टार्नेमात्र काम गरेपछि ठेक्का सम्झौतामा भनिए बमोजिम गुणस्तरीय काम नगरेकाले उसले अझै अन्तिम किस्ता भुक्तानी नपाएको सडक विभागले जनाएको छ ।
ती नै ठेकेदार कान्छाराम तामाङ कांग्रेसको तर्फबाट रामेछापका प्रतिनिधिसभा सदस्य पदमा प्रत्यक्षका उम्मेदवार छन् । कान्छारामले नै लिएको विराटनगर–दुहबी सडकको विस्तार कार्य वर्षैँदेखि लथालिङ्ग छ । सडक विभागले तयार पारेको अलपत्र आयोजनाको सूचीमा तामाङकै जेभीमा रहेको पाल्पाको ५ करोड ४७ लाखको अर्को एक ठेक्का चार वर्षदेखि अलपत्र रहेको छ । कान्छाराले ठेक्का लिएका यी त कान्छारामले लथालिङ्ग पारेका प्रतिनिधिमूलक काममात्रै हुन् । यस्ता कयौं योजनाहरु कान्छारामले अलपत्र पारेका छन् ।

प्रतिकृया

Add