फर्पुमा संघीय समाजवादी फोरमको चुनाविसभा

 बुधबार, मंसिर ६, २०७४ | onlinenews

संघीय समाजवादी फोरम नेपाल रामेछापले गोकुलगंगा गाउँपालिका–६ फर्पुमा बृहत चुनावि जनसभाको आयोजना गरेको छ ।
यही मंसिर १० गते हुने पहिलो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको चुनावि अभियान अन्तर्गत संघीय समाजवादी फोरम नेपालले बुधबार फर्पुमा जनसभाको आयोजना गरेको हो ।
फर्पुमा आयोजना गरिएको चुनावि जनसभालाई संवोधन गर्दै संघीय समाजवादी फोरम नेपालको तर्फबाट रामेछापको प्रतिनिधिसभा सदस्यका उम्मेदवार अमृतबहादुर सुनुवारले फर्पुका स्थानीयको दुःख, पीडा र समस्याको यथार्थता बुझ्ने अमृतबहादुर सुनुवार नै भएको भन्दै आपूmलाई मतदान गरि विजयी गराउँन आग्रह गरे ।
२०७२ सालको भूकम्पले स्थानीयलाई घरबारबिहीन बनाएको बेला जनताको दुःख र पीडा बुझ्न निर्वाचन सांसद र पूराना नेताहरु समेत नआएको उल्लेख गर्दैै आपूmले पटक–पटका फर्पुमा आई राहात वितरण गरेर जनताको दुःखमा साथ दिएको बताए ।
त्यसकारण पनि फर्पुका स्थानीले अमृतबहादुर सुनुवारलाई भोटदिनुपर्ने उनको भनाई थियो । आपूm सधैभरी जनताको दुःख सुखको साथी बनिरहने पनि उनले प्रतिवद्धता ब्यक्त गरे ।

कार्यक्रममा स्थानीय मतदाताको उत्साहजन उपस्थिति रहेको संघीय समाजवादी फोरम नेपालले जनाएको छ ।

चुनावि सभा कार्यक्रममा राष्ट्रिय स्तरमा ख्याती प्राप्त कलाकार कुमार कार्की, कल्पना सुनुवार, पुस्कर सुनुवार, बृहसमान सुनुवारलगायतका कलाकारहरुले साँस्कृति प्रस्तुति समेत गरेका छन् ।

प्रतिकृया

Add