आपूm अवतारी लामा भएको भन्दै उपचारको नाममा यौन शोषण गर्ने पक्राउ

 बिहिबार, मंसिर ७, २०७४ | onlinenews

काठमाडौं–आफूलाई अवतारी लामा भन्दै उपचारका नाममा महिलाहरुलाई यौन शोषण गर्ने सिन्धुली दुम्जाका ५६ वर्षिय टुल्कु लामा पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले रिम्पोछे छुल्ठिम दोर्जे योन्तान (योन्जन) टुल्कु लामालाई पक्राउ गरेको हो । उनको १० वर्षदेखि दक्षिणकाली नगरपालिका १ चाल्नाखेल, बोशनमा पेमा टासी छुल्ठिम घोम्बो कासुङ गुम्बा सञ्चालन गरेका थिए ।
आफू अवतारी लामा भएको र दशौं पुस्तासम्म एउटै कुलमा जन्मिएकाले दैवी शक्ति रहेको दाबी गर्ने उनले उपचारका लागि आएका महिलाहरुमाथि यौन शोषण गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
उपचारका क्रममा एक्लो कोठामा लगेर महिलालाई निर्वस्त्र बनाई शारीरिक सम्बन्ध राख्ने गरेको खुलासा भएको छ । साथै उनले यसबारे बाहिर भनेमा ठूलो क्षति हुने भन्दै महिलालाई धम्की दिने गरेको पाइएको छ ।

प्रतिकृया

Add