रामेछापमा ५८.७ प्रतिशत मत झ¥र्यो, मतपेटीका केन्द्रीत गरिदै

 आइतवार, मंसिर १०, २०७४ | onlinenews

आइतबार सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा रामेछाप जिल्लामा ५८.७ प्रतिशत मत खसेको छ । रामेछाप जिल्लामा रहेको कुल १ लाख ५२ हजार ५ सय ५९ मतदाता मध्य ५८.७ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जानकारी दिएको छ ।
खसेको मत मध्ये महिला तर्फ ४४ हजार १ सय १४ र पुरुषतर्फ ४५ हजार ४ सय ७३ गरी जम्मा ८९ हजार ५ सय ८७ मत खसेको छ ।
यो मत स्थानीय तहको निर्वाचन भन्दा १२ प्रतिशत कम हो । जिल्लामा रहेको कुल मतदाता संख्याको ६२ हजार ९ सय ७२ जना मतदाताहरुले यसपट मतदान गरेनन् ।
रामेछापमा निर्वाचन शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणम सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । अहिले मतपेटीका संकलन गर्ने कार्य जारी रहेको छ ।
मतदान केन्द्रहरुबाट मत पेटीका नेपाली सेना सहितको टोलीले जिल्ला सदरमुकाम मन्थलीतर्फ ल्याउने काम शुरु गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाले जानकारी दिए ।

सदरमुकाम मन्थली आसपासका बुथहरुबाट मतपेटीका मुख्य निर्वाचन अधिृकतको कार्यालयमा ल्याइसकिएको छ भने भोली बिहानसम्म जिल्लाभरीका सबै स्थानका मतपेटीकाहरु आइसक्ने बताइएको छ ।

प्रतिकृया

Add