प्रतिनिधिलाई मत पेटीका सकस

 मङ्लबार, मंसिर १२, २०७४ | onlinenews

रामेछाप– उमेद्वारका प्रतिनिधिहरुका लागि लागि मत पेटिका सकस वनेको छ । सोमवारबाट मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतपेटीकामा शिलबन्दी गरेपछी सुरक्षाकर्मीसँगै उम्मेदवारका प्रतिनिधि पनि मत पेटीका रुग्न खटिनु परेपछि उनिहरुका लागि उक्त मतपेटिका सकस भएको हो ।
निर्वाचन आयोगले आगामी मंसिर २१ गते दोस्रो चरण अन्र्तगत हुने निर्वाचनको मत गणनासंगै गणनाको काम शुरु गर्ने भएपछि पार्टी र तिनका उम्मेदवारहरुले मत गणना सुरु नहुन्जेल सम्मका लागि आफना प्रतिनिधि हरुलाई सुरक्षाफौजसंगै मतपेटीका रुग्न खटाएका हुन् ।
लामो समयसम्म मतपेटिकाहरु प्रशासनको जिम्मामा छाड्नु पर्दा हुन सक्ने मत पेटिका साटिन सक्ने लगायतका संभावित धाँधली लाई मध्यनजर गर्दे उमेद्वारले मत पेटिका सिल गरेको ढोका अगाडि https://www.cialissansordonnancefr24.com/cialis-en-pharmacie/ पहारा दिनका लागि पालो सिस्टममा चौविसै घंटा आफना प्रतिनिधि खटाएका छन् ।
मंसिर ११ गते विहान सम्ममा ९० मतदान स्थलका सवै मतपेटिका आईसकेपछि उमेद्वारको रोहवरमा मुख्य निर्वाचन कार्यालयले सर्वदलीय वै ठकको आयोजन गरि सबै मतपत्र एउटै भवनको तलामा राख्ने निर्णय भएको थियो । सोहि निर्णयको आधारमा प्रतिनिधि सभा,प्रदेश सभा र समानुपातिक तर्फका गरि सवै मतपेटिका छुटछुट्टै कोठाममा राखिएको मुख्य निर्वाचन कायालयले जनाएको छ । मतपेटिका राखिएको कोठाको ढोकामा ताला लगाई तालामा पनि सिलवन्दि गरि त्यसमा पनि उमेदवार हरुले आ आफनो ताला लगाएको प्रमुख जिल्ला अधिकारी दिलिप लामिछानेले जानकारी दिए । उनका अनुसार सीलवन्दी संगै मतपेटिकाको सुरक्षाका लागि ढोकामा जनपद शसस्त्र प्रहरी र नेपाली सेनाले २४ घंटा सुरक्षा दिने व्यवस्था मिलाईएको छ ।

प्रतिकृया

Add