त्रिशुलीमा बस दुर्घटना, ६ को मृत्यु

 बुधबार, मंसिर १३, २०७४ | onlinenews

काठमाडौँबाट अर्घाखाँचीतर्फ जाँदै गरेको बस त्रिशुलीमा नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ । लु २ ख २९१ नम्बरको यात्रुवाहक बस फिस्लिङ नजिकै रहेको चुम्लिङटारमा बिहान करिब ९ः१५ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेका मध्य ६ जनाको शव फेला परेको र ८ जना घाइतेको उद्दार गरिएको छ चितवन प्रहरीले जानकारी दिएको छ । मृतकको सनाखत र घाइतेहरुको विवरण आउन भने बाँकी रहेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार ट्रकको ठक्करबाट बस दुर्घटना भएको हो । प्रहरी उपरीक्षक दीपक थापाका अनुसार बस त्रिशूलीमा डुबेको अवस्थामा छ । उद्दारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा खटिएको छ ।

प्रतिकृया

Add