लिखु गाउँपालिकामा पनि मनाइयो लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान

 शनिबार, मंसिर १६, २०७४ | onlinenews

रामेछाप– “लैङ्गिक हिंसा अन्त्यको लागि सबै जुटौ, कोही नछुटौ” भन्ने नाराका साथ रामेछापको लिखु गाउँपालिकाले पनि विभिन्न कार्यक्रमको आयोजना गरि लैङ्गिक हिंसा बिरुद्धको १६ दिने दिवस मनाएको छ ।
लिखु गाउपालिकाको धोबिमा शुक्रबार विविध कार्यक्रमको आयोजना गरि दिवस मनाइएको हो । मंसिर १५ गते बिहान लैङ्गिक सिंह विरुद्ध प्लेकार्ड सहितको ¥याली निकालिएको थियो । ¥याली धोबि बजार परिक्रमा गरी झट्टेश्वर माध्यमिक विद्यालयमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।
औपचारिक कार्यक्रमलाई संवोधन गर्दै लिखु गाउँपालिकाकी उपाध्यक्ष दीपशिखा दाहालले लैङ्गिक हिंसामा ९५ प्रतिशत महिला र ५ प्रतिशत पुरुष पर्ने गरेको बताइन । सबैले आ–आफनो घरबाट हिंसा रोक्न सके दिवसको शान्दर्भिकता हुने पनि दाहालले बताइन ।
कार्यक्रमकामा नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुङ्गेल प्रहरी निरीक्षक राजुकुमार तामाङ, लिखु गाउँपालिका–३ का वडा सदस्य ओलकबहादुर खड्का, झट्टेश्वर माविका प्रअ केबल तिमल्सिना, लिखु गाउँपालिकाकी महिला तथा बालबालिका कार्यालय प्रमुख नानिमैया कार्कीलगायतले लैङ्गिक हिंसाका बारेमा चर्चा गरेका थिए ।
महिला तथा बालबालिका कार्यालय रामेछाप र लिखु गाउँपालिकाद्धारा आयोजना गरिएको सो कार्यक्रमका लागि न्यायमा पहुँच परियोजना अन्तर्गत इह्रिकन र जुरी नेपालले सहयोग गरेको थियो ।
सोही अवसरमा लिखु गाउँपालिकाको ७ वटै वडामा लैङ्गिक हिंसा विरुद्धको सन्देशमूलक फ्लेक्स वोर्ड पनि राखिएको छ ।

प्रतिकृया

Add