रामेछापमा वामगठबन्धन अगाडि

 शुक्रबार, मंसिर २२, २०७४ | onlinenews

रामेछाप जिल्लाको प्रतिनिधि तथा प्रदेशसभा दुबैमा वामगठबन्धनले अग्रता लिएको छ ।
२२ गते बिहानको पछिल्लो मत परिणामअनुसार वामगठबन्धनका तर्फबाट प्रतिनिधिसमा सदस्यका उम्मेदवार श्यामकुमार श्रेष्ठको ५ हजार २ सय १९ मत रहेको छ भने तोकतान्त्रिक गठबन्धनका पूर्णबहादुर तामाङको ३ हजार २ सय ९६ मत रहेको छ । प्रतिनिधिसभामा वामगठबन्धनले १ हजार ९ सय २३ मतले अग्रता लिएको छ ।
त्यसैगरी प्रदेशसभा ‘क’ मा वामगठबन्धनका उम्मेदवार शान्तिप्रसाद पौडेलको ४ हजार ८ सय १३ मत रहेको छ भने उनको प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका रत्नबहादुर कार्कीको २ हजार ७ सय ५५ मत रहेको छ ।
प्रदेशसभा ‘ख’ का वामगठबन्धनका उम्मेदवार कैलाशप्रसाद ढुङ्गेलले ३ हजार ५ सय १७ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जितबहादुर थापामगरको ९ सय ३२ मत रहेको छ ।
मत परिणामअनुसार रामेछापको प्रदेशसभा ‘क’ मा वामगठबन्धले २ हजार ५७ मतले अग्रता लिएको छ भने प्रदेशसभा ‘ख’ मा २ हजार ५ सय ८२ मतले अग्रता लिएको छ ।
१ प्रतिनिधिसभा र २ प्रदेशसभा रहेको रामेछापमा वामगठबन्धको तर्फबाट प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्र र दुई वटै प्रदेशसभामा नेकपा एमालेको उम्मेदवारी रहेको छ ।
यही मंसिर १० गते भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा रामेछाप जिल्लामा ८९ हजार १ सय ७७ मत खसेको छ ।

प्रतिकृया

Add