रामेछापमा वामगठवन्धनको अग्रता कायमै, परिणाम आउन अरु तीन दिन लाग्ने अनुमान

 शुक्रबार, मंसिर २२, २०७४ | onlinenews

बद्री नयाँघरे


रामेछाप – निर्वाचनको परिणाम आउने क्रम चलिरहदा रामेछापका तीनै वटा स्थानमा वामगठवन्धनको अग्रता कायम रहेको छ । पछिल्लो मत परिणामको अवस्था र बाँकी रहेको मतपत्रको अवस्थालाई समेत आँकलन गर्दा जिल्लाको एउटा प्रतिनिधिसभा र दुईवटा प्रदेशसभाका लागि वामगठवन्धनकै अग्रता कायम रहेको छ ।  नयाँ संविधान जारी भएसँगै मुुलुक संघीयतातर्फ उन्मुख भइरहेको बेला त्यसको कार्यान्वयनको चरण अन्तर्गत प्रतिनिधि र प्रदेशसभाका लागि भएको निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधिसभा सदस्यमा वामगठवन्धनका तर्फबाट श्यामकुमार श्रेष्ठले ८ हजार ९ सय १३ मत प्राप्त गरि अग्रस्थान कायम गरेका छन् ।
त्यसैगरी उनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) ले ६ हजार ३ सय ४२ मत प्राप्त गरी उनलाई पछ्याई रहेका छन् । त्यस्तै प्रदेशसभा (क) तर्फ एमालेका शान्तिप्रसाद पौडेलले ४ हजार ७ सय ४६ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेसका रत्न कार्कीले ३ हजार ४ सय ८१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै प्रदेशसभा (ख) तर्फ नेकपा एमालेका कैलाशप्रसाद ढुगेलले ५ हजार ७ सय ९३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका जितबहादुर मगरले २ हजार ३ सय ८१ मत प्राप्त गरेका छन् । दुईवटा नगरपालिका र ६ वटा गाउँपालिका तथा ६४ वडा रहेको यस जिल्लामा कुल १ लाख ५२ हजार ५ सय ५९ मतदाता भएको भएता पनि कुल ८९ हजार १ सय ७७ मत खसेको थियो । यो समाचार तयार हुँदासम्म १८ वटा मतदान केन्द्रको मतगणना सकिइसकेको छ । जसमा करिव १६ हजार मत गणना भइसकेको र त्यसमा करिव १ हजार ५ सय मत बदर भएको छ ।

प्रतिकृया

Add