जनताको सुरक्षमा खटिएका प्रहरी नै जोखिममा

 आइतवार, फाल्गुन २९, २०७३ | onlinenews

रामेछाप: रामेछाप जिल्लाका अधिकांस प्रहरी चौकीहरु सुरक्षित भवन नहुँदा जोखिममा रहेको छ । जनताको सुरक्षाको लागि खटिएका प्रहरी नै भूकम्पले क्षति पु¥याएको जोखिमपूर्ण घरमा भाडा तिरेर बस्दै आएका छन् ।
कतिपय इलाका प्रहरी कार्यालयहरु पालमूनी सञ्चालन हुँदै आएको छ । ‘ख’ वर्गको इलाका प्रहरी कार्यालयमा २३ जनाको दरबन्दी हुने भए पनि रामेछापको बेथानमा रहेको ‘ख’ वर्गको इलाका प्रहरी कार्यालयमा १० जनामात्र प्रहरी कार्यरत रहेका छन् ।
भवनको अभावमा जस्ताको छानामुनी खुला ठाउँमा कार्यालय सञ्चालन गर्दै आएका छन् । इलका प्रहरी कार्यालय बेथानको कार्यक्षेत्र अन्तर्गत सबै तिर सडक सुविधा भए पनि यातायातको अभावमा काम गर्न निकै कठिन भएको प्रहरीलको गुनासो छ ।
कार्य क्षेत्रमा काम गर्न मात्र हैन रासन पानीको ब्यवस्थापनमा समेत समस्या रहेको प्रहरीको गुनासो छ । स्थानीय स्तरमा खाद्यन्नको उपलब्धता नरहेकाले बेथान इलाका प्रहरी कार्यालयले काभ्रेको बनेपाबाट खाद्यन्न ढुवानी गर्ने गरेको छ ।
२४ सै घण्टा ड्यूटिमा खटिनु पर्ने तर सरकारले शनिबारको तलबमा समेत कटौती गर्दा अपूmहरु मारमा परेको प्रहरी जवानहरुको गुनासो छ । अन्य कर्मचारीहरुले टिएडिए भक्ता समेत पाउँछन् तर हामी २४ सै घण्टा ड्यूटिमा खटिएका हुन्छौ र पनि शनिबारको तलबमा समेत कटौती गरेको छ एक प्रहरी जवानले गुनासो गरे ।
इलाका प्रहरी कार्यालयमा सवारी साधानको ब्यवस्था हुनुपर्ने हो तर सवारी साधन उपलब्ध नहुँदा काम गर्न कठिन भएको इलाका प्रहरी कार्यालय बेथानका इन्चार्ज प्रहरी सई परमानन्द प्रसाद यादवले बताए । कतै घटना भइहाल्यो भने समयमै पुग्न सकिदैँन उनले भने । चारपाङ्ग्रे नभए नि मोटर साइकल मात्र भए पनि घटना काम गर्न सजिलो हुने थियो यादवले भने ।
भौगोलिक विकटताको कारण आपूmहरुलाई काम गर्न कठिनाई भएको उनले बताए । माथिल्लो निकायमा आफ्ना समस्या दर्साए पनि समाधान हुन नसकेको उनको भनाई छ ।
यता ‘क’ वर्षको इलाका प्रहरी कार्यालय चोप्राङ्गको हालत झन यो भन्दा खराब छ । ६ वटा गाविस कार्यक्षेत्र रहेको इलाका प्रहरी कार्यालय चोप्राङ्ग पालमूनी सञ्चालन हुँदै आएको छ ।
स्थानीय ब्यक्तिको एउटा घर भाडामा लिएको भए पनि बस्ने ठाउँ पर्याप्त नहुँदा पालमूनी बस्दै आएको इलाका प्रहरी कार्यालय चोप्राङ्गका इञ्चार्ज केशव खड्काले बताए ।
प्रहरीको नाममा जग्गा भए पनि भवन बनाउन नसक्दा कार्यालय सञ्चालनमा कठिनाई भएको प्रहरीको भनाई छ । ‘क’ वर्गको इलाका प्रहरी कार्यालयमा प्रहरी इष्सपेक्टर इञ्चार्ज हुने ब्यवस्था भए पनि सो इलाका प्रहरी कार्यालय प्रहरी सइको नेतृत्वमा सञ्चाल हुँदै आएको छ ।
‘क’ वर्गको इलाका प्ररही कार्यालयमा चारपाङग्रे सवारी हुनुपर्ने ब्यवस्था छ तर सवारीको नाममा एउटा मोटरसाइकल मात्र रहेको छ । ब्यक्तिको घर भाडामा लिएर बसेकाले प्रहरी कार्यालय जस्तो नहुँदा सेवा लिन आउँने सर्वसाधारण पनि झुक्किने गरेको इञ्चार्ज खड्काले बताए ।
दरबन्दी अनुसारको जनशक्ति नभएको भन्दै ठाउँको अभावले दरबन्दी अनुसारको जनशक्तिको ब्यवस्थापन गर्न सकिने अवस्था समेत नरहेको उनले बताए ।
सवारी साधानको सुविधा र आफ्नै भवन भए प्रहरीलाई काम गर्न सजिलो हुने उनको भनाई छ ।

प्रतिकृया

Add