रामेछापमा ३७ मत पत्रमा मतदान अधिकृतले हस्ताक्षर नगरेको भेटिएपछि…

 आइतवार, मंसिर २४, २०७४ | onlinenews

रामेछापमा मतगणना भइरहदा प्रदेशसभा ‘ख’ को एउटा बुथमा मतदान अधिकृतले हस्ताक्षर नभएको ३७ मत भेटिएको छ ।
मतगणनाको क्रममा खाँडादेवी गाउँपालिका–८ गागलको महाङकाल मतदान केन्द्रमा मतपत्रमा हस्ताक्षर नभएको फेला परेपछि केहीबेर मतगणना स्थलमा तनाव उन्पन्न भएके थियो ।
मतदान केन्द्रको ‘क’ र ‘ख’ बुथमा माओवादी केन्द्र चिन्ह हसियाँ हतौडामा खसेको ३७ मतमा हस्ताक्षर नभएको फेलापरेपछि बाम गठबन्धनका प्रतिनिधिहरुले आपत्ति जनाएका छन् ।
बाम गठबन्धनले अग्रता लिएरहेको बेला अचानक हस्ताक्षर नभएको मतपत्र फेला परेपछि बाम गठबन्धनका नेताहरुले मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलको ध्यानाकर्षण गराएका थिए ।
नियम अनुसार मतदान अधिकृतले हस्ताक्षर नगरेको मतपत्र गणना गरिदैन । उक्त बुथमा हसिया हतौडामा ३४, हसिया तारामा २ र रुखमा १ वटा मतपत्रमा मतदान अधिकृतले हस्ताक्षर नगरेको पाइएको हो ।
खाँडादेवी गाउँपालिका–८ को मतदान केन्द्रको ‘क’ बुथमा मतदान अधिकृतको रुपमा निलकण्ठ पुरी र ‘ख’ मतदान केन्द्रमा मतदान अधिकृतको रुपमा वासुदेव सापकोटा रहेका थिए ।
दुवै जना cialis prix कांग्रेस निकट शिक्षक संघमा आबद्ध रहेकाले उनीहरुले नियतबस मतदातालाई हस्ताक्षर नगरिएको मतपत्र दिएको वामगठबन्धनको आशंका छ ।
माओवादी केन्द्रले दुवै जना मतदान अधिकृतले कांग्रेसका उम्मेदवार कान्छाराम तामाङसँग पैसा खाएर बाम गठबन्धनलाई हराउन मतपत्रमा हस्ताक्षर नगरेको आरोप लगाएको छ ।
नेकपा माओवादी केन्द्रका नेता टंकलाल घिसिङ ‘टकल’ले मतपत्रमा हस्ताक्षर नगर्नु निन्दनीय, अराजनीतिक र षडयन्त्रको पराकाष्ठा भएको बताए ।
उनले भने, ‘पैसाको किनबेच भएकाहरुबाट मतपत्रमा हस्ताक्षर नभएको हो भन्ने हाम्रो निष्कर्ष छ ।’ उनकाअनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतपत्रमा हस्ताक्षर नगर्ने मतदान अधिकृतलाई कानुन अनुसार हदैसम्म कारवाही हुने प्रतिबद्धता जनाएको छन् ।
निर्वाचनमा एक मतले नै हार जित हुने अवस्थामा मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर नगरी बामगठबन्धन हराउने षडयन्त्रमा लागेको भन्दै तत्काल दोषीमाथि कारवाही गर्न बाम गठबन्धनले निर्वाचन अधिकृतको कार्यालयसँग माग गरेको छ ।

प्रतिकृया

Add