रामेछापको प्रदेश ‘ख’ मा एमाले नेता ढुङ्गेल भारी मतान्तरले विजयी

 आइतवार, मंसिर २४, २०७४ | onlinenews

रामेछापको प्रदेशसभा ‘ख’ मा बामगठबन्धनका साझा उम्मेदवार कैलाशप्रसाद ढुङ्गेल भारि मतान्तरले विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जनाएअनुसार ढुङगेलले २६ हजार ९ सय ३५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार जितबहादुर थापामगरले १४ हजार ७ सय २९ मत प्राप्त गरेका छन् ।
मतगणनाको सुरुवातीदेखि नै अग्रता लिएका ढुङ्गेलसँग काँग्रेस उम्मेदवार १२ हजार २ सय ६ मतअन्तरले पराजित भएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले विजयको औपचारिक घोषणा भने गर्न बाँकी छ ।

प्रतिकृया

Add