गुम्देलमा निर्माण भएका ५० प्रतिशत घर मापदण्ड विपरीत

 आइतवार, फाल्गुन २९, २०७३ | onlinenews

रामेछाप: रामेछाप जिल्लाको उत्तरी क्षेत्र गुम्देल गाविसमा भूकम्प पछि निर्माण भएका ५० प्रतिशत घरहरु सरकारले तोकेको मापदण्ड विपरीत बनेका छन् ।
सदरमुकाम मन्थलीबाट २६ कोसको दू््रीमा रहेको गुम्देल गाविसमा समयमै प्राविधिक र सरकारले तोकेको मापदण्ड अनुसारको नक्सा नपुग्दा स्थानीयले आफ्नै तरीकाले घर निर्माण गरेका हुन् ।
पहिलो किस्ता वापतको सम्झौता गर्नु पूर्व एक पटक प्राविधिक गाउँमा पुगेको भए पनि त्यसपछि स्थानीयले घर बनाइसकेपछि मात्रै प्राविधिक पुगेको स्थानीयले बताए ।
गुम्देलमा निजी आवास पुनःनिर्माणको लागि सम्झौता गरेका ५ सय ६४ घर मध्य २ सय ५० भन्दा बढी लाभग्राहीले निर्माण गरेका घर सरकारी मापतदण्ड विपरीत रहेका छन् ।
डेढ वर्षसम्म गाउँमा प्राविधिक आउँने र सरकारले नक्सा पठाउँला भन्ने आशामा बस्दा पनि नआएपछि आफ्नै तरिकाले घर निर्माण गरिएको स्थानीयको एब बृद्धले बताए ।
प्राविधिक गाउँ घइसेकेपछि पनि प्राविधिकले दुई थरीको कुरा गर्दा स्थानीय अलमलमा परेको स्थानीय उपेन्द्र कार्कीले बताए । पहिला प्राविधिकले १२ फिटको घर बनाउन पाउँनु भने पछि फेरि ९ फिट भन्दा अग्लो घर पास हुदैन भन्यो, उनले थपे ।
सरकारले दिएको मापदण्डअनुसारको घर बनाउँदा ठाउँ साँघुरोको हुने अर्को स्थानीय नबराज बस्नेतले बताए । घर खाद्यन्न स्टोर गरेर राख्नु पर्ने भएकाले सरकारले भने अनुसारको घर गुम्देलको लागि उपयुक्त छैन उनले भने ।
सरकारले दिने भनेको ३ लाख रुपैयाँले सामान ढुवानी गर्न मात्र पुग्ने पनि उनले बताए । एक पटक मन्थली आउँदा पर ब्यक्ति १० हजार रुपैयाँ खर्च हुने भन्दै, सरकारले दिएको ५० हजार रुपैयाँ त कतिपयको लिन जादै ३० हजार रुपैयाँसम्म खर्च भएको उनले बताए ।
बृद्धद्धाहरु एक्दै जान नसक्ने र हिड्न पनि नसक्ने भएकाले गाडी सिर्जभ गरेर जाँदा, आउँदा ३० हजार रुपैयाँ सम्म ५० हजार लिन जाँदैमा सकिएको उनको भनाई छ । राजनीतिक दलहरुलाई पैसा गाउँमै ल्याइदिनुस् बरु परब्यक्ति पाँच हजार रुपैयाँको दरले खर्च दिन्छौ भने स्थानीय माग राखेको पनि बस्नेतले बताए ।
कार्ड बनाई सकेपछि कतिपय भूकम्प पीडितको मृत्यु भइसेको र कतिपय विदेश गएको कारण त्यस्ता परिवारले अझै पहिलो किस्ताको ५० हजार रुपैयाँ समेत नभएको पनि स्थानीयले बताए ।
घर निर्माण भइसकेपछि गाउँ पुगेका प्राविधिकले निर्माण भएका घर पास हुँदैन भने पछि अनुदान नपाइने चिन्ताले सताएको छ स्थानीयलाई । समयमै प्राविधिक गाउँमा नपुग्दा स्थानीयले २ तला ४ कोठा सम्मको घर निर्माण गरेका छन् ।
सरकारले दिने अनुदानले ऋण तिर्ने उद्देश्यले गाउँमै ऋण गरेर घर बनाएका पीडितहरु प्राविधिकले मापदण्ड अनुसारको घर नबनाए अनुदान नपाउँने बताएपछि चिन्तित बनेका हुन् ।
प्राविधिक ढिलो आएको र गाउँमा चिसोले सताएको कारण आफ्नै तरिकाले घर बनाएको भन्दै निर्माण भएर घरहरु सरकारले जिम्मा लिनुपर्ने अन्या बनेकै घरलाई अनुदान दिनुपर्ने स्थानीयको भनाई छ ।

प्रतिकृया

Add