रामेछापको समानुपातिकमा एमाले पहिलो माओवादी केन्द्र तेश्रो

 मङ्लबार, मंसिर २६, २०७४ | onlinenews

रामेछाप जिल्लाको समानुपातिको मत गणना पनि सकिएको छ । रामेछाप जिल्लाको प्रतिनिधिसभा र दुवै प्रदेशसभामा पराजय ब्यहोरेको नेपाली काँग्रेस समानुपातिकमा भने दोश्रो स्थानमा आएको छ ।
समानुपातिको मत परिणाम अनुसार प्रतिनिधिसभा तर्फ नेकपा एमालले २५ हजार ८ सय ५२ मत ल्याएर पहिलो पार्टी बनेको छ । त्यसैगरि नेपाली काँग्रेसले २५ हजार ६ सय २७ मत पाएर दोश्रो बनेको छ भने माओवादी केन्द्र १९ हजार ४ सय ३७ मत ल्याए तेश्रो भएको छ ।
त्यसैगरी प्रदेशसभातर्फ नेकपा एमालेले २६ हजार १ सय २ मत पाएको छ । नेपाली काँग्रेसले २३ हजार ९ सय ६६ मत पाएको छ भने नेकपा माओवादी केन्द्रले १८ हजार ७ सय ४८ मत ल्याएर प्रदेशसभामा पनि तेश्रो स्थानमै रहेको छ ।

प्रतिकृया

Add