सिन्धुलीको सितलपाटीमा सडक भासिंदा पूर्व जाने यातायात प्रभाविता

 आइतवार, फाल्गुन २९, २०७३ | onlinenews

सिन्धुली÷ सन्सिन्धुली जिल्लाको सितलपाटी गाविसको त्रिवेणीमा विपी राजमार्गको सडक भासिएपछि काठमाडौंबाट पूर्व जाने र काठमाडौं आउँने करिब एक दर्जन जिल्लाका यात्रु प्रभावित भएका छन् ।
राजमार्गको करिब ५० मिटर सडक भासिएपछि राजमार्ग निर्माणका क्रममा खनिएका डाइभर्सनबाट यातायात सुचारु गरिए पनि ठूला यात्रुबाहक तथा मालबाहक गाडीहरु भने बन्द रहेका छन् ।
साना सवारी साधनहरु पनि विहान ६ बजेदेखि बेलुका ६ बजेसम्म मात्र सञ्चालन हुने गरेको छ । साइभर्सनको दुई तिरको प्रवेश द्धारमा प्रहरी राखेर पालैपालो एकतर्फि रुपमा दुवै तिरको यातायात पार गराउँने गरिएको छ ।
साँघुरो सडकका कारण दुवैतिरको सवारी साधनलाई पालैपालो एकतर्फी पार गराउँदा पालोका लागि यातायातले घण्टौं कुर्नुपर्ने बाध्ययता छ ।
ठूला यात्रुबाहक सवारीका साधनहरु नचल्दा यात्रुहरु समस्या परेका छन् । रामेछापको सित्खाबाट सदरमुकाम मन्थली हुँदै सिन्धुलीको खुर्कोट भएर पूर्व जाने भनिए पनि साँघुरो र कम्जोर सडकका कारण मालबाहक साधन भने पूर्ण रुपमा बन्द रहेको छ ।
टाटासूमो तथा हाइस गाडी दैनिक ७ सय, ठूला सवारीका साधन १ सय र मालबाहक यातायात दैनिक १ सय गरि दैनिक ९ सयको हाराहारीमा सवारीका साधान तथा मालबाहक साधन सञ्चालन हुँदै आएका सडक भासिएपछि दैनिक ६ सयको हाराहारीमा साना यातायात मात्र सञ्चालन हुने गरेको इलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीले जनाएको छ ।
पूर्वको झापा, इलाम, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ लगायत एक दर्जन जिल्लाहरुमा सो सडक भएर यातायता चल्ने गर्दछ । रात्री सेवाका बस बाहेक पूर्व जाने सबै यातायातहरु सोही सडक भएर चल्ने गर्दछ ।
सो सडक जापानको हाजमा नामक कम्पनीले निर्माण गरेको हो । निर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण गरेको दुई वर्ष नपुग्दै सडक भासिएकाले भासिएको सडक अब हाजमा कम्पनीले नै निर्माण गर्नुपर्ने छ ।
सडक निर्माण सम्पन्न भएर नेपाल सरकारलाई हस्तानतरण गरेको दुई वर्षभित्रमा सडक भत्किएमा भासिएमा सम्बन्धित कम्पनीले नै निर्माण गर्नुपर्ने नेपाल सरकार र निर्माण कम्पनीबीचको दोहोरो सम्झौता छ ।

प्रतिकृया

Add