सुनसरी–३ मा नेपाली काँग्रेसका उम्मेदवार गच्छदार विजयी

 बुधबार, मंसिर २७, २०७४ | onlinenews

सुनसरी । सुनसरीको क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका उम्मेदवार विजय गच्छदार विजयी भएका छन् । भर्खरै आएको नतिजाअनुसार गच्छदारले वामगठबन्धनका भगवती चौधरीलाई ३ सय २१ मतले पछि पार्दै विजयी भएका हुन् ।
गच्छदारले ३८ हजार ९ सय ७२ मत ल्याएर विजयी भएका छन् भने उनको प्रतिस्पर्धी वामगठबन्धका भगवती चौधरीले ३८ हजार ६ सय ५१ मत ल्याएकी छन् ।
मतगणनाका क्रममा त्यहाँ पटक–पटक विवाद हुँदा मत गणनामा ढिलाइएको थियो । विवादकै कारण मत गणनामा ढिलाई हुँदा प्रतिनिधिसभा अन्तर्गतको अन्तिम मत परिणाम सुनसरी–३ को आएको हो ।
सो क्षेत्रमा गच्छदारलाई जिताउन निर्वाचन अधिृकतले धाँधरी गरेको नेकपा एमालेले आरोप लगाएको छ । मत गणनाको सुरुदेखि नै चौधरीले अग्रता लिँदै आएको भए पनि मत गणनाको अन्तिमतिर आइपुग्दा उनी पछाडि परेकी थिइन् ।

प्रतिकृया

Add