लोकसेवामा खुल्यो जागिर ३ सय ९० शाखा अधिकृतका लागि दरखास्त आब्हान

 बुधबार, मंसिर २७, २०७४ | onlinenews

काठमाडौं । लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी अप्राविधिक (खुला एवं समावेशी) शाखा अधिकृतको लागि दरखास्त आब्हान गरेको छ । विभिन्न सेवाका लागि ३ सय ९० शाखा अधिकृतको लागि दर्खास्त आब्हान गरेको हो ।
आयोगले बुधबार सूचना प्रकाशित गरि खुला तथा समावेशी गरेर जम्मा ३ सय ९० पदको लागि दरखास्त आब्हान गरेको हो । व्यवस्थापिका न्याय, परराष्ट्र, प्रशासन र लेखा परीक्षण सेवाको लागि दरखास्त आहृवान गरेकामा खुलातर्फ २ सय ०६ पद र महिलाका ५९ पदमा दरखास्त खुलाएको छ ।
समावेशीतर्फ आदिवासी–जनजाति, मधेसी, दलित, अपाङ्गता र पिछडिएको क्षेत्रको लागि आयोगले आदिवासी–जनजाति मधेसी, दलित, अपाङ्गता लगायत विभिन्न कोटा तोकेको छ ।
आयोगले ४ चरणको परीक्षापछि अन्तिम नामावली प्रकाशित गर्ने व्यवस्था गरेको छ । आयोगकाअनुसार लिखित, सूचना प्रविधि सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ता पछि अन्तिम नामावली प्रकाशित हुनेछ ।
अनलाइनबाटै पनि दरखास्त फारम भर्न सकिने छ । दरखास्त आगामी पुस १८ गतेसम्मको लागि खुलाइएको छ । दोब्बर दस्तुर तिरेर पुस २५ गतेसम्म दरखास्त दिन सकिने ब्यवस्था छ ।
दरखास्तवालाले आन्तरिक प्रतियोगिता र खुलाको लागि १ हजार रुपैयाँ, प्रत्येक समावेशी समूहको लागि थप ४ सय तथा न्याय र परराष्ट्र सेवाको थप पत्रको लागि छुट्टा–छुट्टै ४ सय रुपैयाँ बुझाउनु पर्नेछ ।

दरखास्तको वापत रकम बुझाउन आयोगको केन्द्रीय कार्यालय तथा काठमाडौं उपत्यकाका संकलन केन्द्र, क्षेत्रीय निर्देशनालयहरु र अञ्चल कार्यालयहरु र आयोगको कार्यालय भएका जिल्ला बाहेकका जिल्लामा जिल्ला हुलाक कार्यालयहरुमा समेत बुझाउन सकिने आयोगले जनाएको छ ।

प्रतिकृया

Add