पार्टी एकता हुनेमा शंका नगर्न एमाले अध्यक्ष ओलीको आग्रह

 बुधबार, पुस ५, २०७४ | onlinenews

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीसँग निकट भविष्यमै पार्टी एकता हुने बताएका छन् । पार्टी एकताको बारेमा विभिन्न टिक्का टिप्पनी हुने गरेको भन्दै ओलीले पार्टी एकता हुनेमा शंका नर्गन आग्रह गरेका छन् ।
एमाले र माओवादी नेताहरुलाई भड्काउने प्रयास भइरहेको भन्दै त्यसलाई आफूहरुले बुझेको पनि एमाले अध्यक्ष ओलीले बताए । कसैले हात समातेर लगेर पार्टी एकताको गुरु मन्त्र दिएर नभई आफूहरुले सुरु गरेको भन्दै पार्टी https://www.cialissansordonnancefr24.com/cialis-pas-cher/ एकता हुनेमा ढुक्क रहन उनले आग्रह गरे ।
‘अहिले पनि केहीकेही गैडाका जस्ता जिब्रा लिएर माया गरेको स्वाङ पार्दै चाट्न खोज्दैछन् । गैडाले चाट्यो भने के हुन्छ साथीहरुलाई थाहै छ । गैडाले जहाँ चाट्छ, त्यो ‘छालामात्र होइन मासु समेत जान्छ । बडो प्रेम पूर्वक यस्सो एक किस गरौं है भनेर जिब्रो निकालेर आएका छन् । तर, हामीले यो बुझेका छौं ओलीले भने ।’

एमाले नेताहरुलाई माओवादी आएपछि बर्बाद हुन्छ भनेको तथा माओवादी नेताहरुलाई एमालेले निल्छ भनेर भड्काउने प्रयास भएको उनले सुनाए । ओलीले भने, नयाँ ढंगले पार्टी बन्छ । एमाले पनि होइन, माओवादी पनि होइन ।’

सरकार बनाउँदै पार्टी एकता गर्दै अघि बढ्ने भन्दै भने, ढुक्क हुनुस्, निकट भविश्यमा पार्टी एकता गर्दैछौं ।’

अहिले वाम गठबन्धनप्रति जनता र दुबै पार्टीका कार्यकर्तामा आत्मविश्वास पलाएको भन्दै उनले त्यसमा असफल भए धेरै दशकसम्म अर्को सम्भावना नआउने बताए ।

प्रतिकृया

Add