प्रदेशतर्फको समानुपातिक सिट आजै बाँडफाँड गर्ने तयारी

 बिहिबार, पुस ६, २०७४ | onlinenews

काठमाडौं– प्रदेशसभा तर्फको समानुपातिको सिट आजै बाँडाफाड गर्ने निर्वाचन आयोगको तयारी छ । समानुपातिकतर्फ प्रदेशमा २ सय २० सिट छ ।
आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको एक दशमलव पाँच प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको दलका उम्मेदवार प्रदेशसभा सदस्य बन्ने छन् ।
समानुपातिक निर्वाचन अधिकृतको कार्यालयले ७७ वटै जिल्लाबाट दलहरूले प्राप्त गरेको मत परिणामलाई पूर्णता दिएर निर्वाचन आयोगमा पठाइसकेको छ ।
अब सिटबाँडफाँड गरेर आयोगले सम्बन्धित राजनीतिक दललाई नतिजा पठाउने छ । https://www.cialissansordonnancefr24.com/cialis-5-mg/ प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० मा समानुपातिक निर्वाचन अधिकृतको कार्यालयले कुल खसेको सदर मतको गणना गरी प्रत्येक दलले प्राप्त गरेको मत खुलाई आयोगमा मत परिणाम घोषणाका लागि पेस गर्ने व्यवस्था छ ।
दलले ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुने गरी नाम छनोट गरेर आयोगलाई सूचि बुझाउनु पर्नेछ । सूचि प्राप्त भएपछि आयोगले उनीहरुलाई निर्वाचित भएको घोषणा गर्नेछ ।
प्रदेश १ मा ३७, प्रदेश २ मा ४३, प्रदेश ३ मा ४४, प्रदेश ४ मा २४, प्रदेश ५ मा ३५, प्रदेश ६ मा १६ र प्रदेश ७ मा २१ गरी जम्मा २ सय २० स्थानका लागि मंसिर १० र २१ मा समानुपातिकतर्फ मतदान भएको थियो ।
यसैबीच संघ तर्फको समानुपातिक नतिजा सार्वजनिक गर्नेबारे भने आयोग अझैं अन्योलमा रहेका छन । राष्ट्रियसभाको गठनको विषय अन्योलमा रहेकाले आयोग संघको समानुपातिक नतिजा सार्वजनिक गर्नेबारे अन्योलमा रहेको हो । अहिले राष्ट्रिय सभासम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि विचाराधीन अवस्थामा रहेका छ ।
संघतर्फको समानुपातिकमा ५ दलले थ्रेसहोल्ड कटाएको भए पनि सिट बाँडफाँड हुन नसकेको हो । प्रत्यक्षतर्फको मत परिणाम भने यसअघि नै सार्वजनिक भइसकेको छ ।

प्रतिकृया

Add