सुनसरीमा रगत अभाव भएपछि विरामी समस्यामा

 शुक्रबार, पुस ७, २०७४ | onlinenews

रक्तदान कार्यक्रम कम हुन थालेपछि सुनसरीमा रगतको हुन थालेको छ । रगत अभावका कारण बीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आउने बिरामीहरु समस्यामा पर्न थालेका छन् ।
नेपाल रेडक्रस सोसाइटी सुनसरीको रक्तसञ्चार केन्द्रकाअनुसार ओ, एबी र बीपोजेटिभ रगत अभाव भएको छ । अन्य रक्त समूहका रगत पनि प्रर्याप्त नभएको केन्द्रका कर्मचारी सानुबाबु थापाले जानकारी दिए ।
रगत अभाव हँुदा जटिल खालका शल्यक्रिया तथा प्रसुति गराउँदा समस्या हुने गरेको अस्पतालले जनाएको छ । प्रतिष्ठानमा दैनिक ५० युनिट रगतको माग हुँदै आएको छ ।

प्रतिकृया

Add