एमाले स्थायी कमिटीको बैठक आज १ बजे बस्ने

 शुक्रबार, पुस ७, २०७४ | onlinenews

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनपछिको समीक्षा र माओवादी केन्द्रसँगको पार्टी एकताका बारेमा छलफल गर्न एमाले स्थायी कमिटी बैठक शुक्रलबार दिउँसो बस्दैछ ।
बैठक दिउँसो एक बजे पार्टी उपाध्यक्ष वामदेव गौतम निवास भैँसेपाटीमा बस्ने कार्यालय नेकपा एमालेले जनाएको छ ।
प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि पहिलो पटक बस्न लागेको एमाले स्थायी कमिटी बैठकमा निर्वाचन परिणाम, पार्टी एकता, नयाँ सरकार गठन, राष्ट्रियसभा अध्यादेश लगायतका विषयमा छलफल हुने बताइएको छ ।
समानुपातिकको मतपरिणाम घोषणामा भइरहेको ढिलाइका बारेमा समेत बैठकमा छलफल हुने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।

प्रतिकृया

Add