स्वास्थ्य चौकीमा अन्तरक्रिया

 बुधबार, पुस १२, २०७४ | onlinenews

रामेछाप जिल्लको खाँडादेवि गाउँपालिका–७ स्थित खाँडादेवि स्वास्थ्य चौकीमा नागरिक र स्वास्थ्यकर्मीबीच अन्तरक्रिया गरिएको छ ।
स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउने उद्देश्यले अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको आयोजक संस्था सामुदायिक विकास समाज महिला तथा बाल सशक्तिकरणः स्वास्थ्य तथा सरसफाइ परियोजनाले जनाएको छ ।
अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य चौकीद्धारा प्रवाह गरिने स्वास्थ्य सेवाको बारेमा छलफल भएको थियो ।
त्यसैगरी स्वास्थ्य चौकी मार्फत चालू आर्थिक वर्षमा सञ्चालन भइरहेका कार्यक्रमको समीक्षा गर्दै आगामी योजना समेत प्रस्तुत गरिएको थियो ।
अन्तरक्रिया कार्यक्रममा सहभागि स्थानीय सेवाग्राहीले स्वास्थ्य सेवा सम्बन्धी राखेका जिज्ञासा तथा प्रश्नहरुको जवाफ हेल्थपोष्ट इञ्चार्ज मिस्टर मोहमद अलीले दिएका थिए ।
सामुदायिक विकास समाज महिला तथा बाल सशक्तिकरणः स्वास्थ्य तथा सरसफाई परियोजनाद्धारा आयोजीत अन्तरक्रिया कार्यक्रम वडा अध्यक्ष असलसिं तामाङको अध्यक्षता तथा सुकराम घिसिङको सहजीकरणमा सम्पन्न भएको हो ।

प्रतिकृया

Add