विदेश पठाइदिन्छु भन्दै ७० लाख बढी ठगेर फरार

 सोमवार, पुस १७, २०७४ | onlinenews

भोजपुर जिल्लाको ट्याम्केमैयुम गाउँपालिका–२ का जिराधान राई रोजगारिको लागि विभिन्न देश पठाइदिन्छु भन्दै ४२ जनासँग ७० लाख बढी रकम असुली गरि फरार भएका छन् ।
राइले विदेश पठाइदिन्छु भन्दै ४२ जनासँग प्रतिव्यक्ति एकलाख देखि ३ लाख रुपैयाँसम्म रकम असुली गरेका थिए । उनले भोजपुर, खोटाङ्ग, झापा, मोरङ्ग, सुनसरी लगायत जिल्लाका ब्यक्तिहरुबाट रकम असुली गरेका हुन् ।
राइले रोजगारीका लागि ईजरायल, पोल्याण्ड, दक्षिण कोरिया लगायतका देशहरुमा राम्रो रोजगारिमा पठाइदिने आश्वासन देखाएर रकम असुली गरेका थिए ।
उनलाई पैसा बुझाउने ४२ जना मध्य केहीले सुनसरी जिल्लाको धरान बलभद्रचोकस्थित राइकै घरमा गएर रकम बुझाएका थिए भने केहीले आइएमई तथा बैंङ्कमा डिपोजिट गरिदिएको मोरङ्ग उर्लावारीका रविन राइले बताए ।
ठगिनेहरुमा ८ जना महिला र ३४ जना पूरुष रहेका छन् । रविन राइकाअनुसार पैसा ठगेर फरार भएका जिराधन राइलाई खोज्ने क्रममा ठगिमा परेका ४२ जनाको विभिन्न ठाउँमा भेट भएपछि आपूmहरु ठगीमा परेको थापा आएका थिए । उनीबाट अरु पनि धेरै मानिस ठगिएको हुनसक्ने सामूहिक गठिमा परेकाहरुको भनाई छ ।
रकम असुली गर्नु पहिले राइले प्रयोग गर्दै आएको मोवाइल नम्बर ९८४२०९५८२७ समेत अहिले स्वीच अफ रहेको छ । ठगिमा परेकाहरुलाई जीराधन कुन् मेनपावर कम्पनीमा काम गर्थे भन्ने समेत जानकारी नहुँदा समस्या भएको छ ।
पैसा असुली गरेर राई फरार भएपछि पीडितहरु न्यायको खोजीमा हारगुहार गरिरहेका छन् । यसै क्रममा रामेछापमा रहेको सुरक्षित आप्रवासन परियोजना(सामी) अन्तर्गतको सूचना तथा परामर्स केन्द्र मन्थलीमा पीडितहरुले निवेदन दिएपछि सूचना केन्द्रले उजुरी दर्ता गरिएको सूचना केन्द्रकी परामर्सकर्ता सिर्जना बस्नेतले बताइन् ।

प्रतिकृया

Add