रामेछापको चिसापानीमा बाँदर आतंक

 सोमवार, पुस १७, २०७४ | onlinenews

रामेछाप जिल्लाको मन्थली नगरपालिका–८ चिसापानीमा बाँदरले आतंक नै सिर्जना गरेको छ । खेत बारिमा लगाएको बाली र घरमा राखेको खानेकुरा तथा अन्न समेत बाँदरले घरभित्रै पसेर खान थालेपछि स्थानीय आतंकित बनेका हुन् ।
बाँदरले खेत बारिमा लगाएको बाली र घरमा समेत अन्न राख्न नदिएपछि बस्ती नै शरेर अन्यत्र जानु पर्ने अवस्था सिर्जना भएको स्थानीयको गुनासो छ ।
बाँदरले घरमा भित्र्याएको अन्न समेत खाइदिने गरेको भन्दै बस्ती नै शरेर अन्त जनुपर्ने अवस्था आएको स्थानीय हेमबहादुर खत्रीले बताए ।
खेतबारीमा जे बाली लगाए पनि बाँदरले भित्र्याउन नदिने स्थानीयको भनाई छ । बाँदरले बाली भित्र्याउन नदिएपछि बजारको खद्यन्न किनेर खानु परेको स्थानीयको गुनासो छ ।
राज्यको पुनःसंरचना हुनु अघि गाविसबाट बाँदर लखेट्न बजेट समेत विनियोज गरिएको थियो । बाँदरलाई तामाकोसी नदिन कटाउने उद्देश्यले सबै गाउँले मिलेर लखेट्दा पनि जंगल र भीरको ओढारहरुमा लुकेर बसेकाले कोसी कटाउन नसकिएको मन्थली–८ का अध्यक्ष राजकुमार श्रेष्ठले बताए ।
विद्युतीय माध्यमबाट बाँदरलाई तर्साएर लखेट्ने तयारी स्थानीयले गरे पनि बाँदर लखेट्न विद्युतीय बस्तु प्रयोग गर्नु गैर कानून भएको भन्दै राज्य पक्षबाट रोक लगाएपछि अहिले बाँदरलाई तर्साउने नयाँ विकल्पको खोजी भइरहेको वडा अध्यक्ष श्रेष्ठले बताए ।
बाँदरको संख्या वर्षेनी बढ्दै आइरहेकाले लखेट्न नसक्ने हो भने बस्ती नै जोड्नु पर्ने अवस्था आउँने पनि उनले बताए । बाली भित्र्याउन नपाएपछि चिसापानीका बाँदरबाट पीडित कतिपय कृषकले बाली लगाउनै छोडिसकेका छन् ।
अघिल्ला वर्षहरुमा नपुगेको ठाउँहरुमा समेत बाँदरले दुःख दिन थालेको स्थानीयको भनाई छ । पहिला थोरै ठाउँमा आउँने बाँदरहरुले अहिले फैलिएर वडाभरी नै दुःख दिन थालेको स्थानीयको गुनासो छ ।

प्रतिकृया

Add