उमाकुण्ड–७ बाट फर्जि नागरिकता दिएको खुलासा

 बुधबार, पुस १९, २०७४ | onlinenews

रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका–७ भुजीबाट फर्जि नागरिकता दिइएको खुलासा भएको छ । उमाकुण्ड गाउँपालिका–७ का अध्यक्ष रुद्रमणी नेवारको सिफारिसमा जिल्लाको नागरिक नभएका ब्यक्तिलाई नागरिकता दिएको खुलासा भएको हो ।
उमाकुण्ड गाउँपालिका–७ की दुनिमाया सुनुवार नक्कली आमा बनेर जिल्ला बाहिरका ब्यक्तिलाई नागरिकता दिइएको हो ।
दुनिमाया आमा बनेर अपरिचित ब्यक्तिलाई निशान सुनुवारको नामबाट नागरिकता दिइएको हो । निशास सुनुवार नाम राखेर रामेछाप जिल्ला प्रशासन कार्यालयबाट ती अपरिचित ब्यक्तिले २०७४ साल जेष्ठ २१ गते नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय रामेछापको ढड्डाबाट खुल्न आएको छ ।
आमा बनेकी दुनियामा सुनुवारको आफ्ना छोराहरु ३ भाई मात्र छन् । दुनीमायको जेठो छोरा टंकराज सुनुवार, माइला छोरा अनमोल सुनुवार र कान्छा छोरा श्याम सुनुवार हुन् ।
निशान सुनुवारको नाममा बनेको नागरिकतामा दुनियामा सुनुवारले आमा बनेर सनाखत गरेकी छन् भने वडा अध्यक्ष रुद्रमणी नेवारले सिफारिस गरेका छन् ।
दुनिमायाले आफ्नो छोरा भनि सिफारिस माग्न आएकाले आपूmले सिफारिस पत्रमा हस्ताक्षर गरिदिएको वडा अध्यक्ष रुद्रमणी नेवारले बताए । वडा सचिव केशरबहादुर खत्रीले नागरिकताको सिफारिस फर्म भरेर आपूmलाई दिएपछि सिफारिसमा हस्ताक्षर गरिदिएको अध्यक्ष नेवारको भनाई छ ।
नागरिकता सिफारिसको लागि सपोर्टमा राखिएको एसएलसीको सर्टिफिकेट समेत नक्कली रहेको पाइएको छ । सर्टिफिकेट अनुसार २०७० सालमा माउन्ट सेभ स्कूल जडिबुटि कोटेश्वरबाट एसएसली उत्र्तिण भएकोे छ ।
उमाकुण्ड–७ मा निशान सुनुवार नाम गरेको ब्यक्ति भएको तर उनी प्रकाश सनुवारको छोरा भएको स्थानीयले बताएका छन् । प्रकाश सुनुवारका छोरा निशान सुनुवारले भने सोही विद्यालयबाट एसएलसी पास गरेका थिए ।
फर्जि नागरिकता दिएको खुलासा भएपछि भूजीका स्थानीयले गृहराज्य मन्त्रालयमा उजुरी समेत दर्ता गराएका छन् ।

प्रतिकृया

Add