विद्यालयलाई कम्प्युटर प्रदान

 आइतवार, पुस २३, २०७४ | onlinenews

 जिल्लाकै दोश्रो ठूलो बचत संस्था नबजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थाको जन्म भएको स्थान टेकानपुरमा रहेको एक विद्यालयलाई कम्प्युटर प्रदान गरेको छ ।
२०५५ साल साविकको मन्थली गाविसको ७ र ८ नम्बर वडालाई कार्यक्षेत्र बनाई सो सहकारी संस्था मासिक १० रुपैयाँ बचत संकलनबाट सुरु गरिएको थियो । हाल मन्थली नगरपालिकाको ७ वटा वडा, रामेछाप नगरपालिकाको २ वडा, खाँडादेवि गाउँपालिकाको २ वडा र लिखु गाउँपालिकाको २ वटा वडालाई कार्यक्षत्र बनाएको छ ।
संस्थाको जन्म स्थान मन्थली नगरपालिका–२ टेकानपुरमा रहेको ताम्राकौशिका आधारभूत विद्यालयलाई दुई सेट डेस्कटप कम्प्युटर प्रदान गरेको हो । विद्यार्थीलाई प्राविधिक शिक्षा सिकाउने उद्देश्यले सहकारीले कमाएको मुनाफाको रकमबाट विद्यालयलाई कम्प्युटर प्रदान गरिएको संस्थाका कोषाध्यक्ष जेएन दाहालले बताए ।
संस्थाले दिएको कम्प्युटरको सही सदुपयोग गर्ने र विद्यार्थीलाई प्राविधिक शिक्षा दिनको लागि विद्यालयको तर्फबाट पनि थप ब्यवस्था गर्ने विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष धु्रव कार्कीले बताए ।

प्रतिकृया

Add