४७ जनाको मोतियाविन्दु सल्यक्रिया

 आइतवार, पुस २३, २०७४ | onlinenews

रामेछापको सुनापति गाउँपालिकाको २ वटा वडा र खाँडादेवि गाउँपालिकाको ३ वटा वडाका मोतिया विन्दू भएका विरामीहरुको सल्यक्रिया गरिएको छ ।
गत मंसिर २५ गतेदेखि पौष ४ गतेसम्म सञ्चालन गरिएको स्वास्थ्य शिविरका क्रममा सुनापति गाउँपालिकाको वडा नम्बर २ र ५, खाँडादेवि गाउँपालिकाको १, २ र ७ नम्बर वडामा फेला परेको ९४ जना मोतिया विन्दुका विरामी मध्य ४७ जनाको तामाकोसी सहकारी अस्पतालमा सल्यक्रिया गरिएको हो ।
तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं, सामुदायिक आँखा केन्द्र रामेछापको प्राविधिक सहयोगमा सामुदायिक विकास समाज महिला तथा बाल सशक्तिकरण स्वास्थ्य तथा सरसफाई परियोजनाको आयोजनामा स्वास्थ्य शिविर तथा मोतियाविन्दु भएका विरामीको सल्यक्रिया गरिएको हो ।
सल्यक्रियाका लागि आएका विरामीहरुको खाना, बस्ने बास, यातायात खर्च र उपचारमा लागेको खर्च सामुदायिक विकास समाज महिला तथा बाल सशक्तिकरण स्वास्थ्य तथा सरसफाई परियोजनाले ब्यवस्थापन गरेको परियोजना संयोजक तिलक कार्कीले बताए ।

प्रतिकृया

Add