एकीकृत अनेशि संगठनको अध्यक्षमा भट्टराई

 सोमवार, पुस २४, २०७४ | onlinenews

एकीकृत अखिल नेपाल शिक्षक संगठनको एकताको छैठाँै जिल्ला सम्मेलनले सोमप्रसाद भट्टराइलाई अध्यक्षमा चयन गरेको छ ।
यही पौष २१ गते सम्पन्न भएको जिल्ला सम्मेलनले भट्टराई अध्यक्ष रहेको ४१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।
समितिका अन्य पदाधिकारीहरुमा बरिष्ठ उपाध्यक्ष– दवा शेर्पा, उपाध्यक्ष–बेदबहादुर श्रेष्ठ, चक्रलाल श्रेष्ठ, महिला उपाध्यक्ष दिना श्रेष्ठ र उपाध्यक्ष देवराज तामाङ चयन भएका छन् ।
त्यसैगरी सचिव– तिलब बल, अर्थ सह–सचिवमा– बिरबल थापा रहेका छन् भने अन्य सह–सचिवहरुमा कृष्ण गोले, राजकुमार कोइराला र नेत्रप्रसाद गौतम रहेका छन् ।
जिल्ला सम्मेलनले किरण चौलागाई अध्यक्ष रहेको ९ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ भने १ सय ५० सदस्यीय जिल्ला परिषद समेत गठन गरेको छ ।
जिल्ला सम्मेलन सम्पन्न भएसँगै २२ गते बसेको संगठनको पूर्ण बैठकले संगठनमा लामो समयदेखि रहि योगदान पु¥याउनेहरुलाई आगामी विस्तारित बैठकबाट प्रसंसा–पत्र प्रदान गर्ने निर्णय गरेको एकीकृत अखिल नेपाल शिक्षक संगठन रामेछापले जनाएको छ ।
बैठकले नगरपालिका र गाउँपालिका स्तरीय भेला सम्मेलन गर्ने निर्णय गर्दै माघ १० गतेभित्र नगरपालिका तथा गाउँपालिकाहरुको विस्तारित बैठक गरिसक्न पनि निर्देशन दिएको छ ।
नगरपालिका तथा गाउँपालिको बैठक, भेला र सम्मेलनका साथसाथै प्रदेश तथा राष्ट्रिय सम्मेलनको तयारी गर्ने निर्णय गरेको पनि संगठनले जनाएको छ ।

प्रतिकृया

Add