केब्सद्धारा आयोजीत फुटबलमा बुधबार चार खेल

 बुधबार, पुस २६, २०७४ | onlinenews

सन्तोष ढुङ्गेल/भ्याली संवाददाता


काठमाडौ । कुमारी इङलिस बोर्डिङ स्कुल टुसालले आयोजना गरेको अन्तरकलेज स्तरीत फुटबल प्रतियोगिता अन्तर्गत बुधबार चार खेल भएका छन् ।
प्रतियोगिता अन्तर्गत बुधबार भएकोे पहिलो खेलमा इन्टरपोल र रोयल्टी भिडेका थिए । सो खेलमा इन्टरपोलले रोयल्टीलाई २–० गोलले पराजीत गरेको छ ।
त्यस्तै जेम्स र अरुणीमाबीच भएको खेलमा अरुणीमालाई १–० ले पराजीत गर्दै जेम्स विजयी भएको हो । त्यसैगरी आइडिएल ‘वि’ र बज्रबीच भएको अर्को खेलमा आइडल ‘वि’ ३–० विजयी भएको छ ।
कुमारी ‘वि’ र केयुसिटी ‘ए’ बीच भएको खेलमा केयुसिटी ‘ए’ ३–० गोल अन्तरले विजयी भएको कुमारी इङलिस बोर्डिङ स्कुल टुसालका शिक्षक हेमन्त पराजुलीले बताए ।
प्रतियोगिता चाबाहिल तरकारी बजारको मैदानमा सञ्चालन गरिएको छ । प्रतियोगिताका विजेताले २५ हजार र उप–बिजेताले १५ हजार नगदसहित शिल्ड मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।

प्रतिकृया

Add