खानेपानी सुविधा पाउँने भएपछि रामपुबासी हर्षित

 आइतवार, फाल्गुन २९, २०७३ | onlinenews

रामेछाप÷ वर्षौदेखि खानेपानीको समस्या भोग्दै आएका रामेछाप जिल्लाको रामपुरबासीले खानेपानीको सुविधा पाउँने भएपछि हर्षित भएका छन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापले पुनः निर्माणको कामसँगै रामपुरमा आइतबारे खानेपानी योजना लागू गरेपछि त्यहाँका स्थानीय हर्षित भएका हुन् ।
रामपुर–५ का १ सय ६० घरपरिवारलाई पानीको सुविधा पु¥याउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटीले १ करोड २७ लाख ४१ हजार २ सय ३९ रुपैयाँ लगानी गरेको छ भने २६ लाख ५७ हजार रुपैयाँ बराबर उपभोक्ताले श्रमदान गर्नुपर्ने छ ।
यसै वर्ष सम्पन्न गर्ने गरि काम सुरु गरिएको सो खानेपानी योजनाको पाइपलाइनको खाल्टो खन्ने र ट्याङकी तथा धारा निर्माण गर्ने काम भइरहेको छ । ४ सय ५० मिटर भर्टिकल हाइट र १ हजार मिटर उकोलो दुरीमा लिफ्ट प्रविधिबाट पानी तानेर गाउँमा वितरण गर्ने योजना अन्तर्गत अहिले मुख्य ट्याङकी निर्माणको काम भइरहेको छ ।
ट्याङकी निर्माणको लागि समेत पानीको अभाव भएपछि श्रमदानमा खटिरहेका उपभोक्ताहरु प्रतिघर २० लिटरका दरले पानी लिएर आउँने गरेका छन् । ट्याङकी निर्माणको लागि आफ्नो भागमा परेको पानी ल्याउँन ३ घण्टा लाग्ने उपभोक्ताको भनाई छ ।
सदाको लागि खानेपानीको सुविधा हुने खुसीमा घरको लागि र ट्याङकी निर्माणको लागि रातभरी पानी ओसार्ने गरेको उपभोक्ता बताउँ छन् । रामपुर गाविसमा ओखरबोटे खोला भन्दा अन्त कतै पानी नै पाइँदैन । वर्षौदेखि रामपुरबासी त्यही खोलाबाट पानी बोकेर प्राण धन्दै आएका छन् । एक गाग्रो पानी भर्नको लागि तीन घण्टादेखि ६ घण्टासम्म लाइनमा बस्नुपर्ने उनीहरुको गुनासो छ ।
बिहान पानी भर्ने पालो आउँनको लागि राति १२ बजेदेखिनै खोलामा जानुपर्ने स्थानीयको दुःखेसो छ । बुद्ध उमेरका र हिड्न नसक्नेहरु त बिहानको पानीको पालो कुर्नलाई बेलुकै खोलामा गएर बास बस्ने गरेको स्थानीयको भनाई छ । एक स्थानीले भने–डिड्न नसक्ने र बृद्धबृदाहरु ओढ्ने ओच्छ्याउने लिएर बेलुका नै खोलामा गएर सुत्छन् ।
खोलामा पनि पानी पर्याप्त नभएकाले उपभोक्ताले आफ्नो पालोअनुसार पानी थाप्नुपर्ने नियम बनाएका छन् । राति गएर रातिनै पानी लिएर आउँछु भन्दा पाउँदैन त्यहाँ स्थानीयले । खानेपानीको लागि नै दिन विताउनु पर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ ।
अहिले नेपाल रेडक्रस सोसाइटीले खानेपानीको योजना ल्याएपछि खानेपानीको सुविधा पाउँने हर्षमा उपभोक्ता उत्साहित भएर निर्माण कार्यमा लगेका छन् । सँधैको लागि खानेपानीको सुविधान पान्छ भन्ने आसामा आपूmहरुले रातदिनै काम गरिरहेको स्थानीयको भनाई छ ।
कार्यक्रम अनुगमनका लागि रामपुर पुगेका रामेछापका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले काम राम्रो भएनभएको ख्याल गर्न स्थानीय उपभोक्तालाई आग्रह गरे ।
खानेपानी उपभोक्ता समितिले आयोजना गरेको अतिथि सम्मान कार्यक्रमलाई संवोधन गर्दै प्रजिअ अधिकारीले खानेपानी योजनाको काम मात्र नभई अन्य पुनःनिर्माण र विकासका कार्यक्रमलाई आफ्नै कार्यक्रम सम्झेर निगरानी र अनुगमन गर्न पनि स्थानीलाई अनुरोध गरेका छन् । विकास निर्माणको काममा अनियमितता हुन नदिन स्थानीयको महत्वपूर्ण भूमिका हुने भन्दै गाउँमा आउँने कार्यक्रमलाई आफ्नै सम्झेर निगरानी, अनुगमन र खबरदारी गर्न प्रजिअ अधिकारीले स्थानीयलाई आग्रह गरेका हुन् ।
पुनः निर्माणको कामसँगै रामपुर–५ का बासिन्दालाई खानेपानीको सुविधा पु¥याउने उद्देश्यले रेडक्रसले खानेपानी योजनामा बजेट विनियोजन गरेको नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखाका सभापति शिवकुमार कार्कीले बताए । सो खानेपानी योजनाबाट रामपुर–५ का स्थानीय वर्षाैदेखि भोग्दै आएको खानेपानी समस्याबाट मुक्त हुने आपूmहरुले विश्वास गरेर नै लगानी गरेको कार्कीले बताए ।

प्रतिकृया

Add